सुन-चाँदीकै मूल्य बढ्यो
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य ३ सयले बढेको छ । आज सुन तोलामा ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार तेजावी सुन पनि ३ सयले बढेको छ। बजारमा तेजाबी सुनको मूल्य तोलामा ७१ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । यस्तै, चाँदी तोलामा ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी तोलमा ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।