टेनिसमा लोकप्रिय बिली

टेनिसमा लोकप्रिय बिली

बिली जिन किङ विश्वको सर्वाधिक लोकप्रिय टेनिस खेलाडी हुन्। उनको जन्म सन् १९४३ मा अमेरिकामा भएको हो। उनले ३९ ग्र्यान्ड स्लाम टाइटल जितेकी छन्। उनले डब्लूटीए टुर च्याम्पियनसिप पनि जितेकी छन्। महिला टेनिस संघको आयोजनामा हुने डब्लूटीए टुर्नामेन्ट टेनिसका उत्कृष्ट खेलाडीले खेल्ने गर्छन्।

बिली फेडेरेसन कप र विटम्यान कपमा संयुक्त राज्य अमेरिकाबाट प्रतिनिधित्व गर्ने टेनिस खेलाडी हुन्। उनी तीन वर्षका लागि अमेरिकाको फेडेरेसन कपमा क्याप्टेन पनि भएकी थिइन्।

बिली लैंगिक न्यायको पक्षमा पनि आवाज उठाउने टेनिस खेलाडी हुन्। लामो समयदेखि उनले सामाजिक न्याय र समानताको लागि काम गरेकी छन्। उनले २९ वर्षको उमेरमा ‘ब्याटल अफ द सेक्सेस’ टेनिस म्याच जितेकी थिइन्। उनका विपक्षी ५५ वर्षका बबी रिग्स थिए। बबी रिग्स अमेरिकाका नम्बर वान टेनिस च्याम्पियन भइसकेका खेलाडी थिए।

ब्याटल अफ सेक्सेस भनेको एक महिला र एक पुरुष बीच वा एक म्याचमा दुई पुरुष वा दुई महिलाबीच खेलिने डबल म्याच टेनिस हो। यो शब्दको प्रयोग सन् १९७३ मा ५५ वर्षका बबी रिग्स र २९ वर्षकी बिली जिन किङको बीच ह्युस्टन एस्ट्रोममा आयोजित अन्तर्राष्ट्रिय म्याचको लागि गरिएको थियो।

फेड कपले सन् २०१० मा उनलाई ‘अवार्ड अफ एक्सिलेन्स’ले सम्मानित गरेको थियो। उनले ‘पे्रसिडेन्टल मेडल अफ फ्रिडम’ र ‘सन्डे टाइम्स स्पोर्ट्स वुमन अफ द इयर लाइफटाइम एचिभमेन्ट अवार्ड’ पनि प्राप्त गरेकी थिइन्। सन् २०१८ मा उनले ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर लाइफटाइम अचिभमेन्ट अवार्ड’ पनि प्राप्त गरेकी थिइन्।

बिलीको बाल्यकाल

उनकी आमा बेट्टी एक गृहिणी थिइन् भने बुवा बिल फायर फायटर थिए। उनको परिवारमा सबै खेलाडी थिए। उनकी आमा स्विमर थिइन् भने बुवा बास्केटबल, बेसबल र रन ट्र्याकका खेलाडी थिए। उनका दाइ पनि बेसबल खेल्थे। उनी बाल्यावस्थामा बेसबल र सफ्टबल खेल्थिन्।

उनको परिवारले उनलाई खेल खेल्न सल्लाह दिएका कारण करिब ११ वर्षको उमेरमा उनले टेनिस खेल्न सुरु गरेकी हुन्। उनले धेरै सार्वजनिक ठाउँमा टेनिस सिक्ने मौका पाइन्। बाल्यावस्थामा उनी प्रायः आक्रामक खेल्ने गर्थिन्। सन् १९५९ बाट व्यावसायिक रूपमा टेनिस खेल्न सुरु गरेकी बिलीले सन् १९८३ मा खेल जीवनबाट अवकाश लिएकी थिइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.