सुपरजोनमा ३८ करोडको सुन्तला उत्पादन

सुपरजोनमा ३८ करोडको सुन्तला उत्पादन

स्याङ्जा : सुन्तलाका लागि अत्यन्त उर्वरभूमि स्याङजा हो। यहाँका सुन्तला खान पनि रसिला र स्वादिला छन्। त्यही कारणले गर्दा स्याङजा 'सुन्तला सुपरजोन'का रूपमा सुचिकृत छ। 

सुपरजोन क्षेत्रमा मात्र ३८ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको 'प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन' कार्यालयले जनाएको छ। 

सुपरजोन अन्तर्गत एक हजार ३ सय ४५ हेक्टर क्षेत्रफलमा मात्र ९ हजार ९ सय ५२ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालय प्रमुख मदनकुमार श्रेष्ठले जानकारी दिए। सुन्तला रोपिएका मध्ये ६० प्रतिशतमा फल फलेको र ४० प्रतिशत भूभागमा नयाँ बगैंचा छन्। तीमध्ये ८ सय ८ हेक्टरमा सुन्तला उत्पादन हुन्छ भने ५ सय ३९ हेक्टरका सुन्तलाका बिरुवा हुर्कँदै छन्। 

स्याङजामा उत्पादित सुन्तलामध्ये २० प्रतिशत आन्तरिक खपत हुन्छ भने बाँकी मुलुकका विभिन्न शहरमा पुर्‍याइने गरिन्छ। झण्डै एक हजार ९ सय ९१ मेट्रिक टन सुन्तला किलो-किलो बिक्री गर्ने, कोशेलीका रुपमा नातेदारलाई पुर्‍याउने र आफ्ना घर परिवारका लागि प्रयोग हुन्छ। ७ हजार ९ सय ६२ मेट्रिक टन सुन्तला ठेकेदार अथवा किसान आफैंले विभिन्न शहरमा पुर्‍याएर बिक्री गर्ने गरेको सुन्तला सुपरजोन संचालन समितिका अध्यक्ष बोधराज अर्यालले जानकारी दिए। 

यहाँको सुन्तला प्रतिकिलो बोटबाटै ५० देखि ६० रुपैंयामा बिक्री गर्ने गरेको सुन्तला किसानहरूको भनाइ छ। 
गतवर्षभन्दा यसवर्ष सुन्तला उत्पादन केही घटेको छ। गतवर्ष १४ दशमलब ८४ उत्पादकत्व रहेको सुन्तलाको यसवर्ष प्रतिहेक्टर १२ दशमलब ३२ मेट्रिक टन रहेको प्रमुख श्रेष्ठको भनाइ छ। प्रमुख श्रेष्ठका अनुसार सुन्तलाको औसत मूल्य प्रति केजी ४८ रुपैयाँ हो।

कात्तिकदेखि फागुनको पहिलो सातासम्म प्रति किलो सरदर ४५ देखि एक सय ५० रुपैंयासम्ममा बिक्री हुने गर्दछ। कृषिमा आधुनिकीकरण मार्फत किसानलाई गुणस्तरीय सुन्तला उत्पादन गरी आत्मनिर्भर बनाउन स्याङ्जाका पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका र अर्जुन गाँउपालिकाका १७ वडालाई समेटेर सुन्तला सुपरजोन परियोजना कार्यान्वयन गरिएको हो। कार्यक्रम संचालनपछि सहकारी, समूह र निजी फार्म दर्ता गरी सुन्तला खेती गर्ने किसानको संख्या बढेको छ।

पुतलीबजार नगरपालिका वडा नं. १,२,३,७,१०,११,१३ र १४, भीरकोट नगरपालिका वडा नं. १,२,३,६,७,८ , वालिङ नगरपालिकाको ४ र अर्जुनचौपारी गाउँपालिकाको १ र २ वडा सुन्तला सुपरजोनका कार्यक्षेत्र हुन्। 

जिल्लालाई विशेष गरी सुन्तलाबाटै समृद्ध बनाउने लक्ष्यसहित 'प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना'बाट सुन्तला सुपरजोन घोषणा गरिएको हो। विसं २०७३/०७४ मा जोन कार्यान्वयन एकाइ घोषणा गरे पनि पछिल्लो वर्ष २०७५/०७६ मा पुनः सुपरजोन घोषणा भइ सुन्तला रोपणका गतिविधि अघि बढाइएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.