किन खाने काजु ?

किन खाने काजु ?

काठमाडौं : काजु एक महंगो ड्राइ फुडको रुपमा चिनिन्छ । नेपाली समाजमा आर्थिक अवस्था कमजोर भएका व्यक्ति काजु खान सक्दैनन् भन्ने गरिन्छ । महंगो भएजस्तै काजुका अनगिन्ती फाइदा छन् । 

काजुमा प्रोटिनको मात्रा धेरै हुन्छ । काजु खानाले अनुहार राम्रो हुने र स्मरण शक्ति बलियो हुन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र लेप बनाएर अनुहारमा मालिस गर्ने हो भने अनुहार चम्किलो हुन्छ । 

काजुमा पाइने तरलमा भिटामिन बी को मात्रा धेरै हुन्छ । जसले दिमाग तेजिलो बनाउँछ । काजु खानाले शरीरमा युरिक एसिड बढ्दैन् । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन् । तर काजु एक यस्तो ड्राइ फुडमा पर्छ जो कसैले पनि खान उपयोग छ । 

काजुमा पोटासियमको मात्रा बढी हुन्छ । यसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्धत गर्छ । काजुमा सोडियमको मात्रा कम हुन्छ । यसमा कार्बोहाइड्रट, प्रोटिन, आइरन, जिंक, कपर र म्याग्नेसियम भरपुर मात्रामा पाइन्छ । जसले हड्डी तथा दाँतलाई बलियो बनाउँछ । 

बिहानको समयमा हरेक दिन काजु खाने हो भने उच्च रक्तचाप बाट बच्न सकिन्छ । यसका साथै शरीरमा अन्य सकारात्मक परिवर्तनहरु हुन्छ ।
 
यस्ता छन् नियमित काजु खानुका केही फाइदाहरु

–दिमागलाई तेज तथा स्मरण शक्ति बढाउँछ । 

–छालामा चमक दिने काम गर्छ । 

– निराशा र थकान मुक्त गराउछ । 

–मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप नियन्त्रण गर्छ । 

–मुटु बलियो बनाउछ ।

–शरीरलाई आवश्यक पोषण प्रदान गर्छ ।

–डर लाग्ने र मुटुसम्बन्धी अन्य रोग नियन्त्रण गर्छ । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.