'सान्टा क्लज' लाई चिनियाँ सहरमा स्वागत छैन !

'सान्टा क्लज' लाई चिनियाँ सहरमा स्वागत छैन !

काठमाडौं : २०१९ को क्रिसमसमा 'सान्टा क्लज' लाई चिनियाँ सहरमा स्वागत छैन् । चीनमा स्थानीय अधिकारीले यस वर्ष क्रिसमसका सबै चीजहरुमा प्रतिबन्ध लगाएका छन्।  स्थानीय अधिकारीहरुले जारी गरेको सूचनाअनुसार, सरकारी कर्मचारीले सार्वजनिक क्रिसमस प्रदर्शन र उत्सव समारोहको बारेमा आफूभन्दा उच्च पदमा सूचित गराउनु पर्नेछ । क्रिसमससम्बन्धी कुनै सामाग्री बेच्नेलाई पनि प्रतिबन्ध लगाइएको छ ।

 
यसलाई चिनियाँ राष्ट्रपति सिन चिन फिङको धर्म र विदेशी संस्कृतिविरुद्ध लडाई अभियानको रुपमा हेरिएको छ । क्रिसमसलाई स्थिरता कायम राख्ने नाममा र सामाजिक अशान्तिलाई हटाउने नाममा प्रतिबन्ध लगाइएको हो । जुन चिनियाँ सरकारको लागि ठूलो महत्वको विषय हो । 

संसारको सबैभन्दा धेरै जनसंख्या भएको चीनमा इसाइ धर्म मान्नेको संख्या ५ प्रतिशत मात्र छ । तर त्यसले गैर इसाइलाई रमाइलो गर्न र पैसा खर्च गर्न रोक्दैन । भोज, किनमेल, नाचगान र काराओके गाउँदै चीनमा क्रिसमस मनाउने चलन छ । चिनियाँहरुले आफ्नै क्रिसमसको परम्परा पनि आविष्कार गरेका छन् । क्रिसमस इभमा स्याउ खाने गर्छन्, जसले शुभ साइतको संके गर्छ ।

हुनान प्रान्तमा केही अन्डरग्राउन्ड चर्च बन्द गरिएको छ । साथै गत वर्ष डिसेम्बरमा हुनान प्रान्तको युनिभर्सिटी अफ दक्षिण चीनको कम्युनिस्ट पार्टी युथ लीगका सदस्यलाई आचार संहितामा हस्ताक्षर गर्न भनिएको थियो ।  जसमा उनीहरुले क्रिसमससँग सम्बन्धीत समारोमा भाग नलिनू लेखिएको थियो । 

लाङफाङका अधिकारीले जारी गरेको सूचनाअनुसार, क्रिसमस सम्बन्धीत सामग्रीहरु जस्तै क्रिसमस ट्री, टोपी, पुष्पहार, मोजा र सान्टा क्लज बेच्ने र किन्ने दुबैलाई सजाय हुनेछ ।
 
एम्नेस्टी इन्टरनेशनलका चीनका अन्वेषक पैट्रिक पुनले एक अन्तवार्तामा भनेका थिए कि चर्चमा हालसालै छापा मारेको थियो । जसले इसाइप्रति सरकारको दृष्टिकोण झल्काएको छ । साथै हेबिइका अधिकारीले उठाएको कदम सम्भवत बेइजिङलाई प्रभावित गर्ने उद्देश्यले गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.