'हाउडी मोदीका डिजाइनर' हर्षवर्धन स्रिंगला भारतीय विदेश सचिव

'हाउडी मोदीका डिजाइनर' हर्षवर्धन स्रिंगला भारतीय विदेश सचिव

नयाँदिल्ली : भारत सरकारले अमेरिकाका लागि भारतीय राजदूत हर्षवर्धन स्रिंगलालाई विदेश सचिव नियुक्त गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिमण्डल नियुक्त समितिले स्रिंगलालाइ सचिव नियुक्त गरेको हो।

हालका सचिव विजय केशव गोखलेको स्थानमा स्रिंगललाई नियुक्त गरिएको हो। गोखलेको कार्यकाल २८ जनवरीमा सकिँदै छ। २९ जनवरी २०२० देखि स्रिंगलाले विदेश सचिवको जिम्मेवारी सम्हाल्नेछन्। ३३ औं भारतीय विदेश सचिवको रूपमा नियुक्त गरिएका स्रिंगलाको कार्यकाल दुई वर्षको हुनेछ।

स्रिंगलाको नियुक्तिमा वरिष्ठताको सिद्धान्त पालना गरिएको छैन।

निजामती सेवातर्फ १९८२ ब्याचकी आईएफएस अधिकारी तथा हाल बेलायतका लागि भारतीय उच्चायुक्त रुचि घनश्याम विदेश सचिवको प्रतिस्पर्धामा थिइन्। त्यसैले घनश्यामपछिका १९८४ ब्याचका भारतीय विदेश सेवा अधिकारी स्रिंगला विदेश सचिव नियुक्त गरिएका हुन्। ९ जनवरी २०१९ मा उनी अमेरिकाका लागि भारतीय राजदूत नियुक्त भएका थिए। ५५ वर्षको उमेरमा नियुक्त गरिएका स्रिंगला अमेरिकाका लागि सबैभन्दा कम उमेरका राजदूत बनेका थिए। भारतका छिमेकी मुलुकहरू बारेका जानकार तथा भारत–अमेरिका सम्बन्धका अनुभवी स्रिंगलासँग दक्षिण एशियाली मुलुक तथा यूरोपमा काम गरेको अनुभव पनि रहेको छ।

स्रिंगलाले बंगलादेशका लागि उच्चायुक्त र थाइल्यान्डका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालिसकेका छन्। यसका साथै फ्रान्स, भियतनाम, इजरायल तथा दक्षिण अफ्रिकामा पनि उनले काम गरेका छन्। भारतीय विदेश मन्त्रालयमा सहसचिवको रूपमा कार्यरत रहँदा स्रिंगलाले बंगलादेश, श्रीलंका, म्यान्मा र मालद्वीप जस्ता मुलुक हेरेका थिए। उनीसँग विदेश मन्त्रालयको सार्क विभाग प्रमुखको रूपमा काम गरेको अनुभव पनि छ। स्रिंगलाले विदेश मन्त्रालयको उत्तरी विभाग अर्थात् नेपाल–भुटान हेर्ने डेस्कको प्रमुखको रूपमा पनि काम गरेका थिए। उनी हिन्दी, अंग्रेजी, फ्रान्सेली, भियतनामी र नेपाली भाषामा दखल राख्छन्।

हाउडी मोदीका डिजाइनर

गत सेप्टेम्बरमा अमेरिकाको ह्युस्टनमा आयोजित हाउडी मोदी कार्यक्रमको आयोजनामा प्रमुख भूमिका खेलेका थिए। उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपतिले एउटै मञ्चबाट प्रवासी भारतीयलाई सम्बोधन गरेका थिए। 

स्रिंगला मुम्बईमा जन्मेका हुन्। मेयो कलेज, अजमेरबाट विद्यालय शिक्षा पूरा गरेका स्रिंगला दिल्ली विश्वविद्यालयबाट मानविकीमा स्नातक हुन्। भारतीय विदेश विभागमा प्रवेश गर्नुअघि उनले विभिन्न सार्वजनिक क्षेत्रमा काम गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.