राजधानीमा क्रिसमस इभ
काठमाडौँ : पछिल्ला वर्षहरुमा क्रिसमसको रौनकले नेपाललाई पनि छोइसकेको छ । हिन्दू बाहुल्य नेपाली समाजका नयाँ पुस्ता क्रिसमसलाई जमघट र खानपिनको एक चाडकै रुपमा मनाउन थालेका छन् ।
काठमाडौं लगायत ठूला सहरमा चाहिँ क्रिसमसको अघिल्लो साँझ (क्रिसमस इभ) विशेष रुपमा मनाइन थालेको छ । क्रिसमसमा प्रचलित टोपी (सान्टा क्लज) र रंगिबिरंगी बत्ती बाल्दै साँझ ठमेल, दरबारमार्ग लगायत ठाउँ युवाहरुका लागि क्रिसमस इभको रमाइलो 'जक्सन'को रुपमा चिनिन्छन् ।
यस्तै रंगिबिरंगी बत्तीले ढाकिएको 'क्रिसमस ट्री' पनि क्रिसमस इभको विशेष आकर्षण हो । मंगलबार पनि क्रिसमस इभ खुब रमाइलो गरी मनाइँदैछ ।