नेपाल सेल्टर, चीनमा अपराध

नेपाल सेल्टर, चीनमा अपराध

काठमाडौं : राजधानीका नौ घरबाट समातिएका १ सय २२ जना चिनियाँ नागरिकलाई कसुरका आधारमा कारबाही चलाइने भएको छ। तत्कालका लागि भने अभद्र व्यवहारमा मुद्दा चलाउन प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरेको छ। पक्राउमध्ये आठ महिला छन्।

उनीहरूले आपराधिक गतिविधिका लागि नेपाललाई ‘सेल्टर’ बनाए पनि उनीहरूका अपराध चीनका नागरिकसँग जोडिएको प्रहरी उच्च स्रोतले जनाएको छ। यो समूहले चीनमा व्यक्तिगत खातावालासँग विभिन्न बहानामा झुक्याएर रकम आफ्ना खातामा जम्मा गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनीहरूविरुद्ध अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालका लागि अभद्र व्यवहारमा अभियोग दर्ता गरिएको जानकारी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डीआईजी नीरज शाहीले दिए। ‘हामी पक्राउ परेका चिनियाँबाट बरामद डकुमेन्ट अध्ययनमै छौं’, डीआईजी शाहीले भने, ‘यो गिरोहले चीनमा झुक्याएर व्यक्तिका सम्पत्ति बैंकिङ च्यानलमार्फत आफ्ना खातामा ट्रान्सफर गर्ने गरेको पाइयो।’ यो गिरोहले अनलाइन जुवा खेलाउने, अनलाइनमार्फत युवतीका अश्लील फोटो पठाएर रकम बार्गेनिङ गर्दै आएको आरोपसमेत छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सीआईबी प्रमुख शाही इन्टरपोलको ८८ औं महासभामा भाग लिन गएका बेला यो घटनाबारे चर्चा भएको थियो। त्यसलगत्तै प्रहरी महानिरीक्षक खनालले शाहीलाई यसबारे टिम बनाएर अनुसन्धान गर्न भनेका थिए। सीआईबी, अपराध महाशाखा र काठमाडौं परिसरले गत असोजदेखि छुट्टै टोली बनाएर चिनियाँ नागरिकका सेल्टर खोजी गरेको थियो।

‘आईजीपी सा’ब र म इन्टरपोल गएकै बेला यो घटनाबारे चर्चा भएको थियो। त्यही बेलादेखिको सूचना विकसित हुँदै गएपछि सोमबार मूर्तरूप पाएको हो’, डीआईजी शाहीले भने, ‘प्राप्त प्रमाणका आधारमा पक्राउ परेकामाथि कारबाही गर्छौं।’ यसका लागि प्रहरीले चिनियाँ अधिकारीसँग समन्वय गरेको थियो।

पक्राउ गरेकाबाट ३ सय थान ल्यापटप, ९० वटा डेस्कटप कम्प्युटर, ३ सयभन्दा बढी मोबाइलसँगै इन्टरटेन जोड्न चाहिने तार प्रहरीले बरामद गरेको छ। प्रहरीले सुरुमा अभद्र व्यवहारमा मुद्दा चलाए पनि अन्य कारबाहीको बाटो खुला छ। पर्यटक भिसामा आएका यी चिनियाँले नेपाली भूमि प्रयोग गरेर अपराध गरेको, कुनै कम्पनी दर्ता नगरी काम गरेको आधारमा प्रहरीले मुद्दा चलाउन सक्ने आधार छ।

प्रहरी स्रोतका अनुसार नेपालमा यसरी अवैध काम गरेर बस्ने झन्डै २ हजार ५ सय चिनियाँ छन्। उनीहरूले पर्यटक भिसामै आएर सफ्टवेयर डेभलपरका नाममा जुवा धन्दा चलाउँदै आएका छन्। इन्टरनेटमार्फत ‘नेपाली गेटवे’ प्रयोग गरी यो गिरोहले करोडौंको जुवा खेलाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘इन्टरपोलको महासभामै चिनियाँ इन्टरपोल प्रमुखले कम्बोडिया र भियतनामबाट फुत्केर आएका समूहले नेपाल पुगेर जुवा खेलाउँदै आएको तथ्य खुलाएका थिए’, स्रोतले भन्यो।

चिनियाँ भाषा अनुवादक आवश्यक परेपछि विश्वभाषा क्याम्पसबाट सहयोगीको माग भएको छ। साइबरमार्फत अपराध गरेका कारण चिनियाँ साइबर विज्ञसमेत नेपाल आएका छन्। प्रहरीले छापामारी बरामद गरेका ल्यापटप र डेस्कटप कम्युटरको डाटाबारे भाषाविज्ञ र साइबर विज्ञमार्फत पत्ता लगाउने तयारी छ।

प्रहरीले पक्राउ परेकाको विगतका अपराधबारे चिनियाँ दूतावासको सहयोग लिइने डीआईजी शाहीले दिए। बालाजु, मनमैजुको एक घरबाट पक्राउ परेका चिनियाँले मासिक १५ लाख रुपैयाँ तिर्दै आएको प्रहरी स्रोतले बतायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.