राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न

राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न

काठमाडौँ : आगामी माघ ९ गते हुने राष्ट्रिसभा सदस्यको निर्वाचनमा भाग लिने दलले चुनाव चिह्न पाएका छन्। मंगलबार निर्वाचन आयोगले निर्वाचनमा भाग लिने ११ दललाई चुनाव चिह्न प्रदान गरेको हो।

 
आयोेगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्य, नेपाली काँग्रेस रुख, समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिह्न प्राप्त गरेका छन्। 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) हलो, राष्ट्रिय जनमोर्चा गिलास, नेपाल मजदुर किसान पार्टी मादल, नेपाल सङ्घीय समाजवादी पार्टी बस, नेपाली जनता दलले गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी ट्र्याक्टर निर्वाचन चिह्न प्राप्त गरेका आयोगले जनाएको छ । 

यसैबीच आयोगले उक्त निर्वाचनको सन्दर्भमा सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ।

५९ जना सदस्य रहेको राष्ट्रियसभामा १९  सदस्यको फागुन २० गतेदेखि पदावधि सकिँदैछ। कानुनी व्यवस्था अनुसार पदावधि सकिनु ३५ दिन अघि नै निर्वाचनको तयारी गरिसक्नुपर्ने व्यवस्था रहेको छ।

फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ९, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना रहेका छन्।

कार्यकाल सकिनेमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र  खेमराज नेपालीको दुई वर्षे पदावधि सकिँदैछ।

अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा. युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.