'छपाक' लाई कथा चोरीको आरोप
एजेन्सीः बलिउड स्टार दीपिका पादुकोण हाल 'छपाक' को प्रचार-प्रसारमा व्यस्त छिन् । फिल्म जनवरी १०, २०२० मा रिलिज हुने तयारीमा छ । तर रिलिज हुनुअघि नै फिल्म कानुनी विवादमा तानिएको छ।
फिल्म छपाकविरुद्ध कथा चोरीको आरोप लागेको छ । लेखक रोकेश भारतीले मुम्बई उच्च अदालतमा फिल्मविरुद्ध मृद्धा दर्ता गरेका छन् । आफूले लेखेको कथासँग छपाकको कथा हुबहु मिलेको उनको दाबी छ ।
राकेश भारतीका वकिल अशोक सरोगीका अनुसार राकेशले मेघना गुल्जार र फक्स स्टार स्टुडियोजले उनको आइडियामा फिल्म निर्माण गरेको गुनासो निमार्तासँग गरेका थिए ।
तर, निर्माताले चासो नदेखाएपछि उनी अदालत पुगेका हुन् । उनले विगत ४ वर्षदेखि यो फिल्मका लागि काम गर्दै आएको बताए । मुद्धाको सुनुवाइ डिसेम्बर २७ मा हुने बताइएको छ ।
छपाक भारतको दिल्लीमा आधारित एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको जीवनमा आधारित फिल्म हो। यसमा दिपिका लक्ष्मीबाट प्रेरणा पाएको मालती नामको पात्रको भूमिकामा छिन्।यस विषयलाई लिएर अभिनेत्री पादुकोण निकै तनावमा छिन्।