आगो ताप्दा जलेर एकको मृत्यु, एक घाइते

आगो ताप्दा जलेर एकको मृत्यु, एक घाइते

मलंगवा : सर्लाहीमा आगोबाट जलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। बुधबार बेलुका सर्लाहीको बरहथवा नगरपालिका-१७ कोरियाही टोलमा चिसोबाट बच्नका लागि बालिएको आँगनमा बालिएको घुरबाट राजमतीदेवी गम्भीर घाइते बनेकी थिइन्।

घरको आँगनमा बालेको आगो ताप्ने क्रममा अचानक आगो शरिरमा लाग्दा राजमती गम्भीर घाइते बनेकी जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। शरिरको पुरै भाग जलेको अवस्थामा उनलाई जनकपुर अञ्चलमा उपचारको लागि पठाइएको थियो। उपचार क्रममा उनको राती पौने ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

त्यस्तै चिसोबाट बच्न घर अगाडी बालेको आगो ताप्ने क्रममा साडीमा आगोलाग्दा विष्णु गाउँपालिका-१ बेल्वामा २५ वर्षीय सरस्वती पासवान गम्भीर घाइते भएको छ। आगोबाट पासवानको घुडा देखि पेटसम्म जलेको छ। उनको अहिले जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौरले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.