जाडोबाट कसरी बच्ने ?

जाडोबाट कसरी बच्ने ?

चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ। चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने बताउँछन्। जाडोमा खासगरी हातखुट्टा, अनुहार (एक्स्पोज हुने भागको) छाला फुट्ने, फुस्रो हुने हुन्छ। यसबाट बच्न कोल्ड क्रिमको प्रयोग गर्न सकिन्छ।

जाडो मौसम शुष्क हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुन्छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्रध्यापक डा. निरन्जन बम चिसोबाट बच्न दैनिक क्रियाकलापमा सचेत रहन सुझाव दिन्छन्। उनले खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने बताए। झोलपदार्थ खानेकुराका साथै हरियोसागतपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुने बताउँछन्।

चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्छ। घाम ताप्दा पनि धेरै रोगबाट बच्न सकिन्छ। भिटामिन डिको कमी हुन नदिन घाम ताप्नु अनिवार्य नै रहेको चिकित्सक बताउँछन्। चिसो मौसममा फ्रिजमा राखेका खानेकुरा खान हुँदैन। चिसो मौसममा रुघाखोकी, निमोनिया जस्ता समस्या देखापर्न सक्छ। जाडोमा सकेसम्म तातो कुरा खाने, सुप पिउने गर्नुपर्छ। यसले शरीरको तापक्रम सन्तुलनमा राख्छ।

चिसो मौसममा तुलसी, अदुवा र महको प्रयोगले रुघाखोकी नियन्त्रणमा सघाउँछ। यस्तै सुप, दाल, खिचडी र रेसादार साग-सब्जी पर्याप्तमात्रामा खाएमा चिसोबाट हुने रोगबाट बच्न सकिन्छ। जाडोमा मह खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक छ।

जाडोको समयमा नाक, कान र घाँटीको एलर्जी पनि हुन्छ। श्वासप्रश्वास तथा छातीमा समस्या देखिनुका साथै आँखामा आँसु आउने, स्वर बस्ने तथा रुघाखोकी लाग्नेजस्ता रोगले सजिलै आक्रमण गर्न सक्छ। डा.बमले चिसो समयमा मानिसले सतर्कता अपनाएमा रोगमुक्त हुन सकिने बताउँछन्। शीतलहर, हुस्सु, कुहिरो र चिसो हावामा रोगले छिटो आक्रमण गर्छ। चिसो समयमा वातावरणमा उत्पन्न भाइरसले छिटो आक्रमण गर्छ। श्वासप्रश्वास र हाछ्युँ गर्दा वा खोक्दा निस्किने सिँगान र थुकको छिटाबाट फैलने र सर्ने भएकाले यस समयमा बिरामीको संख्या बढी हुने गरेको छ।

जाडोको समयमा ‘रेस्पिरेटरी इन्फेक्सन भाइरस’ ज्यादा फैलिन्छ। यो बेलामा सकभर चिसो नलागोस् भनेर ध्यान पुर्‍याउन जरुरी अति आवश्यक भएको चिकित्सक बताउँछन्। चिसो मौसममा शरीरमा तापक्रम बढाउने किसिमका खाना खानुपर्ने बताउँछन्। चिसो मौसममा तुलसी, अदुवा र महको प्रयोगले रुघाखोकी नियन्त्रणमा सघाउँछ। यस्तै सुप, दाल, खिचडी र रेसादार साग-सब्जी पर्याप्तमात्रामा खाएमा चिसोबाट हुने रोगबाट बच्न सकिन्छ। जाडोमा मह खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक छ। महमा आइरन पाइन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

चिकित्सकका अनुसार जाडोमा तातो खाना खाँदा शरीरलाई लाभदायी हुन्छ। तातो खाना मात्र नभइ शरीरलाई भित्रैबाट गर्मी गराउने खालको खाना खानु बढी लाभदायी हुन्छ। स्वादका लागि मात्र तातो खानेकुरा खानु नखाइ शरीरको ताप बढाउने खाले खानेकुरा खानुपर्ने चिकित्समको सुझाव छ। जाडो मौसममा चिसो खाना खादाँ शरीरलाई कहीँ न कहीँ असर पुर्‍याइरहेको हुन्छ।

शरीरलाई गर्मी गराउने सबैभन्दा उत्तम उपाय अदुवा हो। यसले रुघाखोकीलगायत चिसोबाट लाग्ने रोगबाट बचाउन मद्दत गर्छ। अदुवाको जुनसुकै तरिकाबाट सेवन गर्नाले चिसोबाट बच्न सकिन्छ। अदुवा पोलेर पनि खान सकिन्छ। चियामा राखेर र खानामा मसलाका रूपमा पनि प्रयोग गरेर सकिन्छ।

शुक्रराज अस्पतालका डाक्टर अनुप बाँस्तोलाका अनुसार चिसो मौसममा युवाभन्दा बुढाबुढी र केटाकेटीलाई रोगले छिटो आक्रमण गर्छ। मानिसको उमेर बढेसँगै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि घट्दै जान्छ। यसबाट जोगिन धेरै कुरामा ध्यान दिनुपर्छ। चिसोबाट बच्न वृद्धवृद्धाले बाक्लो लुगा लगाउनुका साथै घाम तथा आगो÷हिटर ताप्नुपर्छ। नियमित रूपमा सुन्तला, स्याउलगायत फलफूल खानुपर्छ। फलफूलमा हुने एन्टी अक्सिडेन्ट तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले चिकित्सकले नियमितरूपमा फलफूल खान सुझाव दिन्छन्। चिसो मौसममा बृद्धबृद्धालाई दम र बाथले बढी सताउँछ। बालबालिकालाई निमोनिया र रुघाखोकीजस्ता रोगले क्रामण गर्छ।

डा. बास्तोलाका अनुसार मौसम परिवर्तन समस्या नभएकाले जीवनशैलीमा ध्यान दिन सके रोगबाट बच्न सकिन्छ। आहारबिहार, खानपानमा ध्यान दिन सके जाडो मौसममा रोगले आक्रमण गर्न नसक्ने डा. बास्तोलाको भनाइ छ। मौसमअनुसारको जीवनशैली बनाउन सक्नुपर्ने चिकित्सकको सुझाव छ। ‘गाँस बास, कपासको समस्या भएकालाई जाडोबाट बढी आक्रमण हुन सक्छ’, उनले भने,‘यो स्वास्थ्य समस्या नभई राष्ट्रिय समस्या हो।’ जाडोमा खाना पच्ने भएकाले गह्रौं खाना खानुपर्छ। दिन छिटो हुने भएकाले रात र दिनमो चक्र मिलाउन दिउँसो शारिरिक काम गर्न चिकित्सकको सुझाव छ। ‘शक्ति (इनर्जी) धेरै प्रयोग गर्नुपर्छ’, उनले भने,‘काम, व्यायाम, हिडँडुल गर्न आवश्यक हुन्छ।’

डा.बास्तोलाका अनुसार नेपालको संस्कृति र परम्पराले पनि परिवर्तित मौसमलाई आत्मसात गर्न सिकएको छ। माघीमा घिउ, चाकु खाने संस्कृति राम्रो भएको बताउँछन्। ‘सांस्कृतिक खानामा जोड दिनुपर्छ’, उनले भने,‘जाडोमा पनि करेला जुस खाएमा बिरामी पर्न सकिन्छ।’

चिसो मौसममा होशियारीपूर्वक जीवनशैली व्यवस्थापन गर्न सके धेरै रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ। मौसम र स्थान अनुसार खानपान गर्दा पनि जाडोबाट बच्न सकिने डा.बास्तोला बताउँछन्। जाडोमा हाडजोर्नीको दुखाइ र पिडा बढी हुन सक्छ। यस्तो बेलामा उचित व्यवस्थापन हुन सके जाडो मौसममा रोगले आक्रमण गर्न सक्दैन्।

जाडो मौसममा रोग फैलाउने भाइरसबाट जोगिन अनावश्यक रूपमा मुखमा हात राख्नुहुँदैन। नाक र आँखा मिच्ने गर्दा पनि रोग सर्न सक्छ। दिनमा धेरैपटक साबुनपानीले हात धुनुपर्छ। जाडोमा दैनिक १२ गिलास पानी पिउन चिकित्सकले सल्लाह दिन्छन्। जुस, लस्सी, दूधजस्ता तरल पदार्थ पिउँदा पनि लाभदायक हुने चिकित्समक बताउँछन्।

चिसोमा ज्वरो र रुघा लाग्दैमा औषधि सेवन गर्न हुँदैन। सकभर बाफ लिएर घरेलु विधिबाटै रोग नियन्त्रण गर्न सकिन्छ। यसले रोग छिट्टै निको भए पनि शरीरलाई हानि गर्ने भएकाले सामान्य अवस्थामै औषधि खाने बानी गर्न हुँदैन। चिसोबाट बच्न तेलको मालिस उत्तम उपाय हो। शरीरलाई गरम गराइराख्ने उपयुक्त प्रविधि भएकाले तिल, जैतुन र तोरीको तेलले शरीरमा मालिस मालिस गर्नुगर्छ। तेल लगाएर मसाज गर्नाले चिसो लाग्नबाट जोगाउनुका साथै शरीरलाई न्यानो पनि बनाइराख्ने चिकित्सक बताउँछन्। बिहानको घाममा तेल लगाई मालिस गर्दा स्वास्थलाई फाइदा पुग्छ। घाममा बस्दा जाडोबाट सुरक्षित हुनुका साथै भिटामिन डी पाइन्छ। जाडो याममा शरीर अल्छी हुने भएकाले घाम ताप्नाले शरीरमा स्फूर्ति आउँछ।

जाडो मौसममा ऊनीका बाक्ला ज्याकेट लगाउनु राम्रो हुन्छ। सवारीसाधनमा हिँड्दा अथवा गाडीमा यात्रा गर्दा शरीरमा हावा नपस्ने किसिमका लुगा लगाउनुपर्छ। यसले शरीरभित्र चिसो पस्नबाट जोगाउँछ।

चिसोबाट बच्ने उपाय
-खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने
-ताजा तथा झोल पदार्थ खाने, तातो कुरा खाने र शरीरमा तापक्रमको सन्तुलन कायम राख्ने
-तुलसी, अदुवा, महको नियमित सेवन गर्ने
-घाम ताप्ने, तेलले मालिस गर्ने
-बाक्ला, उनीका लुगा लगाउने
-छालालाई चिसोबाट जोगाउन कोल्ड क्रिमलगायत प्रयोग गर्ने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.