जाडो भगाउन तातो प्रविधि

जाडो भगाउन तातो प्रविधि

कोटेश्वरकी विमला लुइँटेल जोडो लागेपछि इलेक्ट्रिक म्याट प्रयोग गर्छिन्। दुई वर्ष अगाडि खरिद गरेको यो म्याट जाडो लागेपछि निकाल्ने र सकिएपछि थन्काउने गर्छिन्। जाडोमा विद्युतीय म्याटमा बस्न र शरीर तताउन निकै उपयोगी हुने भएकाले यसालाई दुई वर्षदेखि प्रयोग गर्दै आएको उनको भनाइ छ। यो म्याटसँगै जाडोमा न्यानो बनाउने अन्य विद्युतीय सामग्री पनि आवश्यकता अनुसार प्रयोग गर्ने लुइँटेल बताउँछिन्।

कालीमाटीकी सुशीला नेपाल पनि जाडो मौसममा न्यानोका सामग्री प्रयोग गर्न रुचाउँछिन्। उनले पनि जाडो मौसममा घरायसी काममा प्रयोग हुने विभिन्न कम्पनीका उत्पादन आवश्यकताअनुसार बर्सेनि प्रयोग गर्दै आएका छन्। बर्सेनि जाडो मौसममा पानी तताउने भाँडादेखि, कोठा तातो बनाउनेसम्मका हिटरका सामग्री उनले प्रयोग गर्ने गरेकी छन्।

विमला र सुुशीला चिसो मौसममा ताता सामग्री प्रयोग गर्ने प्रतिनिधि पात्रमात्रै हुन्। यी बाहेक हरेक घरमा कुनै नै कुनै रूपमा यस्ता सामग्रीको प्रयोग भइरहेको हुन्छ। मानवीय आवश्यकता, हरेक व्यक्ति र घर परिवारको क्षमताअनुसार यस्ता सामग्रीको प्रयोग हुने गरेको छ।

जाडो मौसमको सुरुवातसँगै विभिन्न आधुनिक प्रविधिका तातो सेवाका वस्तु बजारमा आउने गरेका छन्।

जाडो मौसमको सुरुवातसँगै विभिन्न आधुनिक प्रविधिका तातो सेवाका वस्तु बजारमा आउने गरेका छन्। विद्युतीय प्रविधिको प्रयोगबाट जाडोमा कोठा न्यानो बनाउने गरिन्छ। मौसम अनुसारको विद्युतीय सामग्रीको प्रयोग गर्नु र आवश्यकता अनुसारको प्रविधि जोेडेर जाडोमा न्यानो खोज्नु सामान्य पनि हो। तर, पछिल्लो समय यी विद्युतीय वस्तुमा पनि आधुनिकतासँगै प्रविधिको प्रयोग थप व्यवस्थित हुँदै गएको छ।

हुन त विद्युतीय सामग्रीमा प्रविधिको प्रयोग सहज र सरल बनाउन विभिन्न कम्पनीले वर्षौंदेखि सेवा दिइरहेका छन्। न्यानो प्रविधिमा बर्सेनि ल्याउने नयाँ भर्सनसँगै नयाँ प्रकारको खोजी उत्तिकै छ। सेवा नै न्यानो प्रविधिमा दिनुपर्ने भएकोले नयाँ खोजिनु र फरक हुन खोज्नु पनि सामान्य हुँदै गएको छ।

नयाँनयाँ प्रविधिको प्रयोगसँगै यसलाई थप व्यस्थित, उपयोगी र बजारको आवश्यकताअनुसार जानुपर्ने हुन्छ। बजारको आवश्यकता र नयाँ प्रविधिको प्रयोग गरेरै हिलटेक इन्डस्ट्रिजले पाँचदेखि ४० हजार लिटरसम्मका सोलार हिटर ल्याएको छ।

यो कम्पनीले ल्याएको यस्तो सेवा ‘मास युजर’का लागि हो। ग्राहककोरुचिअनुसार नयाँ प्रविधि भित्र्याउनुपर्ने भएकोले पनि सानोदेखि ठूलो क्षमतामा सेवा सुरु गरेको हिटलेकका निर्देशक पुल्कित जैनले बताए। उनका अनुसार अहिले यो कम्पनीले आधुनिक प्रविधिको प्रयोग गरेर र विगतमा ल्याएको सेवालाई परिस्कृत गरेर ग्यास गिजरको सेवा दिन थालिएको छ।

हिलटेका बजारमा अहिले तीनवटा ग्यास गिजरको प्रकार छन्। यसमा बर्सेनि नयाँ प्रविधिको प्रयोग गर्ने र थप परिस्किृत बनाएर सार्वजनिक गर्दै जाने जैन बताउँछन्। अहिले भित्र्याएको नयाँ प्रकारमा जीवनलाई थप सरल र सहज बनाउने गरी यस्ता सामग्रीको प्रयोग गर्ने गरी ल्याएको छ। सानो डिजाइनमा, सहजै घरभित्र प्रयोग गर्ने सकिने, विगतका तुलनमा कम स्विचको प्रयोग, एक पटक सेट गरेपछि पुनः चलाइरहनु नपर्ने आरामदायिसहितका फिचर प्रयोग भएको जैनको भनाइ छ।

उनका अनुसार पहिले पाँच सेकेन्ड लाग्ने ग्यास गिजर अहिले तीन सेकेन्डमा आइपुगिसकेको छ। पानी जमाउनुपर्ने झन्झट नहुने र जति पानी निकाल्दा पनि तातो आउनेसहितको प्रविधि प्रयोग भएको छ। जुन बर्सेनि नयाँ र आकर्षक हुने गरी ल्याइने गरेको पनि हिलकेटका निर्देशक जैन बताउँछन्।

सीजी इलेक्ट्रोनिक्सका बजार निर्देशक दिवाकर नगरकोटीका अनुसार नयाँ प्रडक्ट ल्याउने र नयाँ फिचर गर्दै जानुपर्छ। बजारमा आएका मौसम अनुसारका सामग्री ग्राहकको रोजाइअनुसार बनाउनुपर्ने हुन्छ। यसका लागि गत वर्ष आएको भन्दा फरक, हेर्दा आकर्षक र विभिन्न साइज, क्षमता, रंगसहितको थप फिचर ग्राहकले खोज्ने गर्छन्। सोहीअनुसारको उत्पादन बजारमा ल्याउने गरिएको पनि उनको भनाइ छ।

बजारमा आएका जाडोलाई न्यानो बनाउने विभिन्न उत्पादनमा नयाँ प्रविधिको प्रयोग बर्सेनि हुँदै आएको पनि नगरकोटी बताउँछन्। उनको कम्पनीले ल्याएको विद्युतीय उत्पादन गिजर, हिटर, वाटर डिस्पेन्सर, वाटर पटसहितमा चारवटासम्म नयाँ फिचर थप भएको छ।

यसका उत्पादनमा अहिले बजारमा ल्याएका नयाँ गिजरमा नयाँ प्रविधिका साथै फिचर पनि थप भएको छ। ग्राहकको रोजाइ अनुकूल बनाउन र कोठाको शोभा बढाउने तथा हेर्दा पनि आकर्षक बनेर आएका छन्। यस्ता उत्पादनमा विभन्नि ६ वटा प्रकारमा ग्यास गिजर ल्याएको सीजीको भनाइ छ।

बजारमा आएका एक पछि अर्को कम्पनी र उत्पादित सामग्रीबीचको प्रतिस्पर्धाकै कारण सहरदेखि गाउँसम्म नै जाडोलाई न्यानो बनाउने प्रविधि पुगेको छ। विद्युतीय होस वा सोलार प्रविधि जसरी पनि जाडोमा न्यानो बनाउने ‘हिटिङ सिस्टम’को माग बर्सेनि बढ्दै जाने गरेको छ।

बजारमा आएका तातो बनाउने प्रविधिमा अहिलेको सहजै उपलब्ध हुने उत्पादनमा इलेक्ट्रिक हिटर, ग्यास हिटर, ग्यास गिजर, एसी, वाटर पट, डिस्पेन्सर, इलेक्ट्रिक म्याटसहित छन्। यस्ता सामग्रीको व्यापार पनि वार्षिक जाडो मौसम लागेपछि उल्लेख्य हुने गरेको छ। अन्य समयको तुलनामा जाडो लागेपछि तातो दिने सामग्रीको व्यापार ३० देखि ४० प्रतिशतले बढ्नु सामान्य भएको पनि यस क्षेत्रका व्यसायीको भनाइ छ।

घरायसी प्रयोजनदेखि साना ठूला सबै प्रकारका कर्पोरट कार्यालयले न्यानो बनाउने प्रविधिको प्रयोग गर्ने गरेका हुन्छ। विद्युतीय हिटर तथा अन्य तातो बनाउने प्रविधिको प्रयोगमा भने विशेष ध्यान दिएर प्रयोग गर्नुपर्ने हुन्छ। बजारमा आएका र नयाँ उत्पादन भएपनि उपभोत्ताले ब्राण्डेड र गुणस्तरीय सामग्रीको प्रयोग गर्नु भने उपयुक्त हुन्छ। जति बढी गुणस्तरीय सामग्रीको प्रयोग गर्‍यो विश्वास उति नै बढी हुने सीजी इलेक्ट्रिक्सको भनाइ छ।

एजीआर इण्डष्ट्रिजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अंकुश अग्रवालका अनुसार बजारमा पाइने सामान सबै टिकाउन हुन्छन भन्ने हुँदैन। त्यसका लागि ग्राहकले नै कम्पनीले दिने वारेन्टि÷ग्यारेन्टी हेर्नुपर्ने हुन्छ। हामीले बजारमा गएर कुनै सामग्री किन्दा ब्रान्डेड भन्दैमा राम्रो भएको र चिटिक्ट देख्दैमा पनि गुणस्तरी नभएको पाउँछौं। यसका लागि ग्राहकले कम्पनीको छनोट गर्दा नै ध्यान दिनुपर्छ। गुणस्तरीय र भरपर्दो सामग्रीको प्रयोगले बजारलाई थप विश्वसनीय बनाउँछ। एक पटक प्रयोग गरेको उत्पादन अर्को पटक प्रयोग गर्दा कमजोरी औंल्याउनुनपर्ने हुनु राम्रो हुने अग्रवाल बताउँछन्।

उनका अनुसार एजीआरले हाल जाडोका सामग्रीमा वासिङ मेसिनमात्रै बिक्री गरिरहेको छ। अबको दुई साताभित्रै यो कम्पनीको नयाँ उत्पादन एसी आउँदै छ। यो कम्पनीले बजारमा ल्याउने उत्पादनमा वारेन्टी÷ग्यारेन्टी भएको, सस्तो र भरपर्दो हुने दाबी अग्रवालको छ। उनका अनुसार प्रतिस्पर्धी बजारमा टिक्न सक्ने र टिकाउन सकिने उत्पादन ल्याइनेछ। उपभोक्तालाई सस्तोमा राम्रो र विश्वसनीय उत्पादन दिने प्रमुख उद्देश्य एजीआरको हुने बुझाइ पनि उनको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.