सूर्यग्रहण: कुन देशबाट कस्तो देखियो ?

सूर्यग्रहण: कुन देशबाट कस्तो देखियो ?

काठमाडौं : बिहीबार बिहान लागेको खण्डग्रास सूर्यग्रहण समाप्त भएको छ।बिहान ८ बजेर ४२ मिनेटबाट सुरू भएको ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त भएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको बीपी कोइराला प्लानेटोरियम अब्जरभेटरी एन्ड साइन्स म्यूजिएम विकास बोर्डका अनुसार ग्रहणको प्रभाव मुलुकका भू-भागअनुसार फरक परेको थियो। बोर्डका अनुसार खण्डग्रास सूर्यग्रहणमा सूर्यको ३९ प्रतिशत भाग मात्रै छोपिएको हो।

बोर्डका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार काठमाडौंमा ग्रहण ११ बजेर ३३ मिनेटमा अन्त्य भएको बताए। सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्न गई सूर्यग्रहण हुन जान्छ। सूर्यग्रहण केवल चन्द्रमाको 'न्यून मून' फेजमा मात्र लाग्न सम्भव हुन्छ। खण्डग्रास, खग्रास तथा वलयाकार सूर्यग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ।

मुलुकका विभिन्न ठाउँबाट सूर्यग्रहण विभिन्न आकारमा देखियो।नेपाल, म्यान्मार, सिंगापुर, श्रीलंका, इन्डोनेसिया, भारत, कुवेतलगायत मुलुकबाट देखिएका दृष्य।

तस्बिर : रासस र एजेन्सीबाट


 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.