नहरमा डुबेर बालकको मृत्यु

नहरमा डुबेर बालकको मृत्यु

नुवाकोट : त्रिशूली जलविद्युत गृहका लागि पानी ल्याइएको नहरमा डुबेर नुवाकोटमा एक बाललको मृत्यु भएको छ। 

विदुर नगरपालिका-७ तुप्चे घर भएर स्थानीय पायोनियर अंग्रेजी विद्यालयको कक्षा ७ मा अध्ययनरत  १४ वर्षीय शंकर तामाङको नहरमा डुबेर मृत्यु भएको हो। 

बहिनीसँग हिड्दै गरेका बालक त्रिशूली जलविद्युतको नहरमा खसेका थिए। उनको तत्काल उद्धार हुन नसक्दा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता नयव उपरीक्षक राजेश थापाले जानकारी दिए। 

उनको शव खसेको ठाउँभन्दा दुई किलोमिटर दक्षिणमा भेटिएको हो। मृतक बालकको शवको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरिएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.