सुस्त गतिमा ठूला आयोजना

सुस्त गतिमा ठूला आयोजना

भैरहवा : रूपन्देहीमा सञ्चालित राष्ट्रिय गौरव र प्राथमिकताका ठूला आयोजना निर्माणको गति सुस्त छ। लुम्बिनी विकास गुरुयोजना र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजना हुन् भने बेलहिया बुटवल ६ लेन व्यापारिक मार्ग, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बौद्ध परिपथ र विशेष आर्थिक क्षेत्र (सेज) राष्ट्रिय प्राथमिकता आयोजनाका रूपमा सञ्चालित छन्।

आयोजनाहरूको निर्माणको गति निकै सुस्त भएको छ। वर्षौंअघि सुरु भएका यी आयोजना हालसम्म सम्पन्न भएका छैनन्। लुम्बिनीको योजनावद्ध विकासका लागि जापानका वास्तुकलाविद् प्राध्यापक डा. केन्जो टाँगेले यो गुरुयोजना २०३५ सालमा (४१ वर्षअघि) निर्माण गरेका थिए। गुरुयोजना निर्माण भएको चार दशकसम्म पनि काम सम्पन्न हुन सकेको छैन। गुरुयोजनाका काम भइरहे पनि निकै सुस्त गतिमा छ। चार दशकमा गुरुयोजनाको काम ८२ प्रतिशत मात्र सकिएको छ। बाँकी १८ प्रतिशत सम्पन्न हुन कति वर्ष लाग्ने हो टुंगो छैन। लुम्बिनी विकास कोषले ३ वर्ष भित्र सक्ने दाबी गर्दै आएको छ।

गौतमबुद्ध विमानस्थल विमानस्थल ०७१ माघ १ गतेदेखि निर्माण कार्य सुरु भएको हो। ०७४ पुस १६ गते आयोजना सम्पन्न हुनुपर्ने भए पनि हालसम्म सम्पन्न भएको छैन। विभिन्न कारणले पटक–पटक म्याद थप्दै यही पुसमा आयोजना सम्पन्न गर्नुपर्ने सम्झौतामा छ। २०२० को भ्रमण वर्ष सुरुआतसँगै विमानस्थल सञ्चालनमा ल्याउने भन्दै पर्यटनमन्त्रीले वक्तव्य दिँदै आएका छन्। तर सञ्चालनमा आउने छाँटकाँट छैन। आर्थिकदेखि नदीजन्य पदार्थको समस्याले मारमा पर्दै आएकाले पनि आयोजना समयमा सम्पन्न हुन सकेको छैन।

आयोजना प्रमुख प्रवेश अधिकारीले आगामी मार्च ३० तारिखसम्म विमानस्थल सञ्चालनका लागि योग्य हुने दाबी गर्छन्। आयोजना काम ८५ प्रतिशत सकिएको छ। बाँकी १५ प्रतिशत काम कहिले सम्पन्न भएर कहिले विमानले उडान भर्ने हो त्यसको टुंगो भने छैन। राष्ट्रिय प्राथमिकता आयोजनाका रूपमा सेज करिब १६ वर्षअघि यहाँ सञ्चालनमा आए पनि अझै सम्पन्न भएको छैन। ६८ वटा प्लट रहेको सेजमा ३ वटा उद्योग मात्र सञ्चालनमा आएका छन्।

हालसम्म सेजमा विद्युतीय सब–स्टेसन निर्माण गरिएको छैन। जसकारण उद्योगी सेजमा उद्योग सञ्चालन गर्न चाहेका छैनन्। तर सबस्टेसन नभए पनि उद्योगीलाई उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् प्राप्त हुने सेजले बताउँदै आएको छ। ‘सबस्टेसन निर्माण नहुनु हाम्रो कमजोरी हो’ सेजका प्रवक्ता सुन्दर थापाले भने, ‘सेज पूर्णरूपमा सञ्चालन नआउनुमा केही हाम्रो कमजोरी छ भने केही उद्योगीको।’ उनले अब एक वर्षभित्र सेजमा सब स्टेसन निर्माण भइसक्ने र पूर्णरूपमा सञ्चालनमा आउने दाबी गरे।

यो आयोजना ८ वर्षअघि सुरु भए पनि हालसम्म सम्पन्न हुन सकेको छैन। बेलहियादेखि बुटवलसम्म साढे २७ किलोमिटरको सिद्धार्थ राजमार्ग ६ लेन निर्माणका लागि टुक्रे ठेक्काबाट निर्माणाधीन अवस्थामा छ। ठेकेदारहरूको चरम लापरवाहीका कारण आयोजना सम्पन्न हुन सकेको छैन। हाल सडकको दुवै तर्फको मुख्य सडकको काम (बेलहियाबाहेक) सम्पन्न भएको छ।

सहायक सडक, हरियाली, सडक बत्तीलगायत काम अझै पनि सकिएको छैन। ८७ प्रतिशत काम सकिएको र बाँकी १३ प्रतिशत यही आर्थिक वर्षभित्र सकिने आयोजना प्रमुख जिवेन्द्र मि श्रले दाबी गरे। सडक निर्माणको विषयमा अदालतमा मुद्दा दायर भएकाले आयोजना कहिले सम्पन्न हुने हो टुंगो छैन।

बौद्ध परिपथ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माणसमेत सुस्त गतिमा भएको छ। यी आयोजनामा करिब ५० अर्ब बजेट विनियोजन गरिएका छन्। ठेकेदारको लापरवाहीले आयोजनामा ढिलाइ भए पनि नियमन निकायले वास्ता गरेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.