त्रिवि रजिष्ट्रारमा दाहाल नियुक्त

त्रिवि रजिष्ट्रारमा दाहाल नियुक्त

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डा.पेशल दाहाल नियुक्त भएका छन् । उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको सिफारिसमा उनलाई कुलपति केपि ओलीले नियुक्त गरेका हुन् । दाहाल यसअघि त्रिवि सेवा आयोगको सदस्य भइसकेका छन् ।

उनी नेपाल कम्युनिस्ट पार्टी निकटका हुन् । रजिष्ट्रारका लागि उपकुलपति बास्कोटाले दाहालसहित त्रिवि व्यवस्थापन सङकायका डिन डिल्लीराज शर्मा तथा त्रिविकै उच्च शिक्षा परियोजनाका पूर्वसंयोजक शंकर भण्डारीको नाम सिफारिस गरेको थिए । त्रिविमा तत्कालित रजिष्ट्रार डिल्लीराज उप्रेतीको चार वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।

त्रिविमा कर्मचारी प्रशासनको मुख्य जिम्मेवार व्यक्ति रजिष्ट्रार हुन्छ । रजिट्रारसँगै शिक्षाध्यक्ष सुधा त्रिपाठीको कार्यकाल पनि यही पुष ८ गते नै सकिएको छ। तर नयाँ नियुक्ति भएको छैन । नव नियुक्त दाहालले शुक्रबार ३ बजे पद वहाली गर्ने कार्यक्रम रहेको त्रिविले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.