भक्तपुरमा निःशुल्क आँखा जाँच
भक्तपुर : एचआईभी एड्स तथा लागूऔषध दुव्र्यसनको क्षेत्रमा काम गर्दै आएको सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रले भक्तपुरमा शनिबार निःशुल्क आँखा शिविर गरेको छ।
शिविरमा जाँच गराएका ८६ जनामध्ये १३ जनामा मोतियाविन्दु भेटिएको सुरुवातका कार्यक्रम संयोजक पन्नोश शर्माले जानकारी दिए।
उनका अनुसार मोतियाविन्दु भएकाहरुलाई निःशुल्क सल्यक्रियाको व्यवस्था गरिएको छ।
शिविरमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका ४ शंखधर चोकस्थित सिटी आई केयर सेन्टरको प्राविधिक सहयोग गरेको थियो। सेन्टरका नेत्ररोग विशेषज्ञद्वय अजय यादव र सावित्री कार्कीले आँखा जाँच गरेका थिए।
शिविरमा आँखा जाँच गरेकाहरुलाई औषधिसँगै आवश्यकताअनुसार अगाडिको नदेख्नेहरुलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो।