साग विजेता सुदूरका महिला खेलाडी सम्मानित

साग विजेता सुदूरका महिला खेलाडी सम्मानित

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) का विजेता महिला खेलाडी सम्मानित भएका छन्। पश्चिम महिला जागरण समूहले सागका पदक विजेता सुदूरपश्चिमका महिला खेलाडीलाई खादा र प्रमाणपत्रले सम्मान गरेको हो। 

राजधानीको बाइसधारा पार्क बालाजुमा शनिबार आयोजित वनभोज तथा सम्मान कार्यक्रममा पौडीकी गौरिका सिंह, तेक्वान्दोकी आयशा शाक्य, क्रिकेटर अञ्‍जली चन्द र कुस्तीकी संगीता धामीलाई सम्मान गरेको हो।

हाल लन्डनमा बस्दै आएकी गौरिका सिंह बझाङकी चेली हुन् भने आयशा शाक्य काठमाडौं जन्मिएकी भएपनि तेक्वान्दो खेलाडी दिपक विष्टकी पत्नी हुन्। दिपकको स्थायी घर कैलाली हो। त्यस्तै, अञ्‍जली चन्दको स्थायी घर बैतडी हो भने संगीता धामीको कञ्‍चनपुर हो।

गौरिका सिंह र संगीता धामी कार्यक्रममा उपस्थित नभएपछि सम्मानका लागि ल्याएका प्रमाणपत्र र खादा उनीहरुका आफन्तलाई जिम्मा लगाइएको थियो।

सम्मानपछि आयशाले दिदीबहिनीहरुबाट सम्मानित हुन पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिइन्। उनले भनिन्,' मेहनत गर्नु त छदैछ, सुदूरका दिदीबहिनीहरुले दिएको यो साथले मलाई अब अगाडि बढ्न हौसला मात्र होइन, ठूलै आट दिएको छ।'

यस्तै, क्रिकेटर अञ्जली चन्दले सम्मानित हुन पाउँदा थप साहास बढेको बताइन्।'सबै दिदीबहिनीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। सबै क्षेत्रबाट यसरी सहयोग र साथ मिल्यो भने पक्‍कै पनि सुदूरका चेली, राष्ट्रको खेलाडीका रुपमा अगाडि बढ्नेछन्,' उनले भनिन्,' त्यसका लागि सदैब हजुरहरुको साथ र आशिरवादको खाँचो हुनेछ।'

कार्यक्रममा समूहकी अध्यक्ष गोदावरी सिंहले महिला खेलाडीलाई थप हौसला दिन कार्यक्रमको आयोजना गरेको बताइन्। उनले भनिन्,' हामीले गरेको यो सानो प्रयासले खेलाडी बहिनीहरुलाई आँट र हौसला मिलोस्। उहाँको काम देखेर  खेलकुद क्षेत्रमा पाइला टेक्दै गरेका बहिनीहरुमा थप जाँगर आओस्।'

१ं३औं सागमा विभिन्न विधामा नेपाली चेलीहरुले उत्कृष्ठ प्रदर्शन गरेका थिए। जलपरीको उपमा पाएकी गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेर कीर्तिमान बनाइन्। यस्तै, सागमा आयशाले २ स्वर्ण  जितेर आफ्नो नाम इतिहासको पानामा कोर्न सफल भइन्।उनले पुम्से (कला प्रदर्शन) र जोडी विधामा स्वर्ण जितेकी हुन्। उनले दुई फरक विधामा स्वर्ण जितेर कीर्तिमान कायम गरेकी हुन्।उनी दुई बच्चाकी आमा हुन्।

यस्तै अञ्‍जली चन्दले  माल्दिभ्सविरुद्धको खेलमा २.१ ओभर बलिङ गर्दै कुनै रन नदिइ ६ विकेट लिएपछि टी-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा कीर्तिमान बनाइन्। पोखरा रङ्गशालमा १३ औँ दक्षिण एशियाली खेलअन्तर्गत भएको उक्त प्रतियोगितमा उनी 'प्लेअर अफ द म्याच' घोषित भएकी थिइन्। उक्त खेलमा हिला क्रिकेटमा नेपाल, माल्दिभ्स बाङ्ग्लादेश र श्रीलङ्का सहभागी थिए।

यस्तै, सागअन्तर्गत संगीता धामीले कुस्तीमा स्वर्ण जितिन्। जनकपुरस्थित हबर्ड हलमा भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा संगीताले बंगलादेशी प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन्। संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४-१ अंकले पराजित गरेकी थिइन्।

कार्यक्रममा पूर्वमन्त्री तथा राप्रपाकी नेतृ कुन्ति शाही, सुदूरपश्चिम प्रदेश सभा सदस्य नन्दा बमलगायत विभिन्न क्षेत्रमा आवद्ध सुदूरपश्चिमका महिलाको सहभागीता थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.