अरुण चौधरीलाई मानार्थ विद्यावारिधि
काठमाडौं : सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई उद्यमशीलतामा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । मलेसियाको लिम्कक विंग युनिभर्सिटी अफ क्रिएटिभ टेक्नोलोजीले चौधरीको रणनीतिक मानसिकता, जनशक्ति व्यवस्थापन सीप तथा परोपकारी भावलाई सम्मान गरेको हो ।
चौधरीलाई मलेसियाका राजकुमार तथा त्यस विश्वविद्यालयका संस्थापक तथा अध्यक्षले दीक्षान्त समारोहमा उपाधी प्रदान गरेका हुन् । विश्वविद्यालयले अफ्रिका, युरोप तथा एशियाका विभिन्न कलेजलाई सम्बन्धन प्रदान गरेको छ ।
मानार्थ विद्यावारिधि ग्रहण गर्दै चौधरीले नेपाल शैक्षिक क्षेत्र उत्थानमा आफ्नो इच्छा रहनुको कारण नेपाली विद्यार्थीमाझ विश्वस्तरीय शैक्षिक प्रणाली परिचित गराउनु रहेको बताए । नेपालको अधिकांश युवा शिक्षा तथा रोजगारीका क्रममा प्रवाशमा रहेको बताउँदै उनले नेपालीको वित्तीय पीडा सोच्नै नसकेको बताए । उनले विश्वस्तरीय पढाइ नेपालमा भित्र्याइँदा नेपाली युवाको आत्मविश्वास बढ्ने विश्वास उनको छ।
मलेसियामा मुख्य क्याम्पस रहेको लिम्कक विंग विश्वविद्यालयमा एक सय ५० भन्दा बढी मुलुकका ३० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । यो एसियाको अब्बल आर्ट्स र डिजाइनको अध्यापन गरिने विश्वविद्यालयमध्ये पर्छ।