सिद्धबाबालाई तीन लाख धरौटीमा छाड्न आदेश
काठमाडौं : बलात्कार आरोप लागेका कृष्णदास गिरी (सिद्धबाबा)लाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
एक २९ वर्षीया महिलालाई करणी गरेको आरोप सिद्धबाबामाथि लागेको थियो। उनलाई मंसिर १६ गते विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।
आइतबारदेखि दुई दिनसम्म चलेको थुनछेक बहसपछि जिल्ला अदालत सुनसरीले यस्तो आदेश दिएको हो । आफ्नै अनुयायी महिलालाई आश्रममा बोलाएर बलात्कार गरेको उजुरीका आधारमा गिरी गत मंसिर १६ गते पक्राउ परेका थिए । यता कृष्णदासलाई कडा कारवाही हुनुपर्ने माग गर्दै आएका महिलाहरुले भने उच्च अदालत जाने चेतावनी दिएका छन् ।