निर्मलाका हत्यारा पत्ता लगाइ छोड्छौं : मन्त्री बास्कोटा

निर्मलाका हत्यारा पत्ता लगाइ छोड्छौं : मन्त्री बास्कोटा

महेन्द्रनगर : सूचना तथा सञ्‍चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कञ्चनपुरको भीमदत्तनगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने बताएका छन्।

मङगलबार प्रेस संगठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले निर्मला हत्या प्रकरणको विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर छाड्ने बताएका हुन्।  

'यो जघन्य अपराध हो, सरकारले दोषीलाई कारवाहीको दायरामा ल्याइ छोड्छ ।' उनले घटना मोड्नको लागि केही अराजकतत्व लागेको बताउँदै सजग रहन समेत आग्रह गरे।

त्यस्तै, उनले लिपुलेक र लिपियाधुरा नेपालकै भएको तथ्य र प्रमाण रहेको बताए । 'लिपुलेक लिपियाधुरा नेपालकै हो नेपालकै रहनेछ ।' मन्त्री बास्कोटाले भने, 'नेपाल भारतबीच भएका सबै सन्धी सम्झौता हेरी सिमानाको टुंगो लगाउनुपर्छ ।'
 
त्यसैगरी उनले सरकारले सुदूरपश्चिममा प्रदेशस्तरको अस्पताललाई स्तरोन्नति गर्ने, मध्यपहाडी लोकमार्ग सुरुवात र दार्चुलाको ब्याससम्म मोटरेबल सडक निर्माणलगायतका काममा सरकारले बजेट बिनियोजन गरेर अघि बढेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.