१० तस्बिरमा तमु ल्होसार
काठमाडौं : गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार आज धुमधामका साथ मनाइदै छ। 'ल्हो' को अर्थ वर्ष र 'सार' को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई 'तमु ल्होसार' भनिएको हो ।
तमु ल्होसारको अवसरमा मंगलबार बिहानैदेखि गुरुङ समुदायका युवायुवती काठमाडौंको टुंडिखेलमा भेला भएका छन्। आ-आफ्नो भेषभुषा र पहिचानमा सजिएर उनीहरु रमाइरहेका छन्।
त्यसअघि उनीहरु वषन्तपुरमा भेला भएर र्यालीसहित टुडिखेल पुगेका हुन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरी मनाइने 'तमु ल्होसार' पर्वका अवसरमा विभिन्न जिल्लामा गुरुङ समुदायले भव्य मनाइरहेका छन्।
यसअघि तमु ल्होसारका अवसरमा प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुभकामना दिएका थिए।