दुर्घटनामा नेकपाका नेताको निधन

दुर्घटनामा नेकपाका नेताको निधन

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुर्खेत जिल्ला सदस्य गणेश नेपालीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । लेकवेशी ५ नेटाका नेपालीको उपचारका क्रममा मंगलबार मृत्यु  भएको हो । नेपालगन्जबाट कोहलपुर आउने क्रममा नेपाली सोमबार मोटरसाइकल दुर्घटनामा परेका हुन् । 

उनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । उनको शव मंगलबार सुर्खेतको दशरथपुरमा श्रद्धाञ्जलि दिएपछि अन्त्यष्टि गरिने छ । नेकपा सुर्खेतले नेपालीको सडक दुर्घटनामा भएको दुःखद निधनले स्तब्ध भएको जनाएको छ । २०३६ चैत २८ गते जन्मिएका नेपालीले २०४९ सालदेखि सक्रिय राजनीतिको यात्रा थालनी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.