बेचबिखनमा परेका २ हजार ८ सय ६७ जनाको उद्दार

बेचबिखनमा परेका २ हजार ८ सय ६७ जनाको उद्दार

काठमाडौं : सन् २०१९ मा मानव बेचबिखनमा परेका २ हजार ८ सय ६७ जनाको उद्दार माइती नेपालले गरेको छ । सन् २०१९ को जनबरीदेखि डिसेम्बरसम्म नेपाल,भारत सीमा तथा अन्य देशबाट बेचिएका लगभग ३ हजार मानिसको उद्दार गरिएको हो ।

दिन प्रतिदिन बढ्दै गएको मानव बेचबिखन तथा ओसारपसारले विकराल रूप लिन थालेको माइती नेपालका अध्यक्ष विश्वराम खड्का बताउँछन् । 

मंगलबार माइती नेपालमा भएको एक कार्यक्रममा बोल्दै उनले माइती नेपालले सन् २०१९ को जनबरीदेखि डिसेम्बरसम्म महिला तथा बालबालिका लगायत अन्य हिंसामा परेका व्यक्तिहरूको हकमा विभिन्न कार्य गरेको बताए । 

उनले नेपाल भारत सिमानाबाट २ हजार ४ सय ८५ जना, भारतबाट बेचबिखनमा परि श्रम तथा यौन शोषणमा रहेका ३ सय २२ जना, खाडीबाट १६ जना र आन्तरिक बेचबिखनबाट ४४ जना उद्धार गरेको जानकारी दिए । 

खोजतलास तथा उद्धारका लागि  १ हजार ८ सय ६७ निवेदन परेकोमा ४ सय ३५ जनालाई फेला पारेको उनले बताए । यस्तै १ हजार ३ सय ८४ जनालाई नेपाल भारतको सीमा नाकाबाट परामर्श दिइ सुरक्षित घर फर्काइएको र २ लाख ४८ हजार ६ सय ४३ वटा यातायातका साधनमा निगरानी गरेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.