केयूमा आन्दोलन चर्कियो : सबैतिर ताला लाग्यो
काभ्रे : काठमाडौं विश्वविद्यालय (केयू)मा आन्दोलन चर्किंदै गएको छ । पुस ७ गते विश्वविद्यालयका उपकुलपतिको कार्यालय र रजिस्ट्रारको कार्यालयमा काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले संयुक्तरुपमा ताला लगाएको थियो।
मंगलबार पत्रकार सम्मेलन गर्दै बिगतमा भएको सम्झौतालाई कार्यन्वयन गर्न आलटाल गरेको भन्दै विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले विश्वविद्यालयको धुलिखेलमा रहेको केन्द्रीय हाताका सबै डीनको कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय प्रशासकीय भवनमा थप ताला लगएको छ।
केयूको कार्यकारी परिषद्को ५९० औं बैठकको निणर्यअनुसार विश्वविद्यालयको २५ औं दिक्षान्त सभाबाट सम्झौता भए बमोजिम काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघको अनुमोदन गराइनुपर्नेमा जालसाजी गरेर अनुमोदन नगरिएका कारण नेपालको संविधानले प्रदत्त गरेको पेशागत हकहित संरक्षणका लागि आफ्नो प्रतिनिधि आफैँ छान्ने अधिकारबाट बंचित गराएका कारण ताला लगाएको प्राध्यापक संघले जनाएको छ।
विश्वविद्यालयको कार्यकारी परिषद्का निर्णयको पूर्णरुपमा पालना केयुको प्राध्यापक संघ र कर्मचारी संघसँग गरिएको पूर्व सम्झौता कार्यान्वयनका लागि ८५ औं सभाले दिएको निर्देशनअनुसार विशेषसभा पुस १५ भित्र राखि प्राडा विजय केसीको संयोजकत्वमा बनेको कार्यदलले पेश गरेको संघ सम्बन्धी नियमको मस्यौदा सम्झौता बमोजिम अनुमोदन हुनुपर्ने माग गरिएको थियो माग गरिएको बमोजिम कार्यन्वयन नगरिएको र बिगतमा भएको सम्झौताहरु कार्यन्यवयन गर्न केयु प्रशासनले बेवास्त गरेको कारण सबै कार्यालयहरुमा ताला गर्नु परेको प्राध्यपक संघको अध्यक्ष प्राडा बेदमणि दाहालले जानकारी दिए।
संघको माग अनुमोदन नगरिएमा विश्वविद्यालयको सम्पूर्ण गतिविधि ठप्प गरि कडा आन्दोलनमा उत्रन बाध्य हुने कर्मचारी संघको अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिए। हामीले आझैदेखि केयूको धुलिखेलमा रहेको सबै प्रशासकीय भवन ताला गरिसकेको केसीले बताए।