काभ्रेमा शंकास्पद वस्तु फेला
काठमाडौं : काभ्रेको क्रसर उद्योगमा बुधबार बिहान शंकास्पद वस्तु फेला परेको छ। मण्डन देउपुरमा नगरपालिका-७ सिपघाटमा रहेको क्रसर उद्योगमा स्थानीयले प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मेलम्ची एण्ड ईन्द्रावती स्टोन प्रा.लि.बाट संचालनमा रहेको क्रसरमा शंकास्पद वस्तु फेला परेको सूचना आएपछि प्रहरी घटना स्थलमा पुगेको जिल्ला प्रहरी प्रमुख एसपी रवि पौडेलले जानकारी दिए। उनका अनुसार घटनास्थलमा पुग्दा प्रेसर कुकर बम नभएर कुकरभित्र होस्ट भेटिएको छ। कुकरमा तार लगाएतको सामान राखिएको पाइएको छ। उक्त क्रसर बनेपाको व्यापारी राजभक्त प्रधानको हो ।
केहि महिना अघि रोशी गाउँपालिका ११ मा रहेको क्रसरमा गोलीसहित पेस्तोल भेटिएको थियो ।