पिच सडकको बीचमा घर !

पिच सडकको बीचमा घर !

महेन्द्रनगर : कालोपत्रे गरिएको सडकको बीचमा पक्की घर छ। सडकछेउमै माध्यमिक तहको विद्यालय र स्थानीयले किनमेल गर्ने सानो बजारको बीच भागमा रहेको घरले धेरै दुर्घटना गराए पनि सम्बन्धित निकायहरू मौन छन्।

कञ्चनपुर बेदकोट नगरपालिका–८ गैलनदीस्थित सडकको बीचमा रहेको उक्त घर स्थानीय भोजबहादुर विष्टको हो। स्थानीयका अनुसार उनले सडकमा ३ धुर जमिन आफ्नो नाममा दर्ता रहेको भन्दै सडकबाट घर हटाउन मानेका छैनन्।

स्थानीयका अनुसार उक्त जग्गा सार्वजनिक भए पनि ०५४ सालमा विष्टले आफ्नो नाममा दर्ता गरेका हुन्। सडक डिभिजन कार्यालय महेन्द्रनगर सबै अधिकार स्थानीय तहमा गइसकेको भन्दै टक्टकिएको छ।

सडकको माझमा रहेको उक्त घरले दुर्घटना बढाएकोे स्थानीय बताउँछन्। गत साता सडकछेउमै रहेको बैजनाथ माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी अम्बिका विष्ट सोही ठाउँमा भएको दुर्घटनामा घाइते भएको प्रधानाध्यापक पदम बोहराले बताए। ‘हामीले घर हटाउन धेरै आग्रह गरे पनि मानेनन्। त्यो ठाउँ दुघर्टनास्थल नै बनिसकेको छ,’ उनले भने, ‘त्यो जग्गा सार्वजनिक भए पनि आयोगको बेला खै कसरी नाममा दर्ता भयो।’

भोजबहादुर विष्टले जग्गा आफ्नो नाममा दर्ता रहेको बताउँदै घरका कारण कुनै समस्या नभएको बताए। ‘जग्गा मेरो हो, मसँग लालपुर्जा छ। मैले घर बनाउँदा एक मिटर जग्गा सडकलाई छाडेको छु,’ उनले भने, ‘घरकै कारण दुर्घटना भयो भन्ने आरोप मात्र हो, घरले कुनै असर गरेको छैन।’ उनले २९ सालदेखि त्यहाँ आफ्नो घर रहेको दाबी गरे।

बेदकोट नगरपालिका–८ का वडाध्यक्ष दुर्गासिंह भण्डारीले घर हटाउन आग्रह गरेपनि विष्टले नमानेको बताए। उनले करिब २०÷२५ वर्षयता सडकमै रहेको उक्त घरमा विष्टले पसल थापेको बताए। स्थानीयले विरोध गरेपछि पसल हटाए पनि उनले घर हटाउन अस्वीकार गरेको बताए। ‘पसल छउन्जेलसम्म स्थानीयले पनि विरोध गरे खाली भइसकेपछि कोही बोलेनन्,’ वडाध्यक्ष भण्डारीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.