सागमा पदक विजेता हमाल सम्मानित

सागमा पदक विजेता हमाल सम्मानित

चरिकोट : १३ औं सागको तेक्वान्दो खेलमा कास्य पदक विजेता २४ वर्षीय ज्ञानेन्द्र हमाललाई दोलखाको सदरमुकाम चरिकोटमा सम्मानित गरिएको छ। ६३ केजीभन्दा मुनिको तौल समूहबाट तेक्वान्दो खेलमा कास्य पदक विजेता हमाललाई बुधबारबाट चरिकोटमा सुरु भएको किवी महोत्सवको अवसरमा नगद २० हजार सहित सम्मान गरिएको हो। भीमेश्वर नगरपालिका-७, मकैबारीका तेक्वान्दो खेलाडी हमाललाई जन्मथलोको भीमेश्वर नगरपालिकाले सम्मानित गरेको हो।

महोत्सवका प्रमुख अतिथि प्रदेश-३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले खेलाडी हमाललाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्। गत कात्तिक २१ गते चीनको सेहाङ राज्यमा भएको चाईना ओपन तेक्वान्दो प्रतियोगितामा अण्डर ६३ केजी तौल समूहबाट खेलाडी हमालले स्वर्ण पदक हासिल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.