भ्रमण वर्षलाई लक्षित गरी किवी महोत्सव

भ्रमण वर्षलाई लक्षित गरी किवी महोत्सव

दोलखा : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर दोलखाको सदरमुकाम चरिकोटमा ७ दिने किवी महोत्सव सुरु भएको छ । भीमेश्वर नगरपालिकाद्वारा जनवरी १ मंगलबारदेखि ७ दिने किवी महोत्सवको आयोजना गरिएको हो ।

प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले महोत्सवको चरिकोटमा भब्य समारोहका बीच उद्घाटन गरे । भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले नेपाल भ्रमण वर्ष २०२० सँगै दोलखाका पर्यटकीय स्थलको प्रचार–प्रसार तथा दोलखामा उत्पादित किवीको बजारीकरणका लागि महोत्सवको आयोजना गरिएको बताए ।
    

मंगलबारबाट सुरु भएको किवी महोत्सब सोमबारसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवमा किवी फल, किवीसँग सम्बन्धित उत्पादनहरु, अन्य फलफूल तथा दोलखामा उत्पादित विभिन्न सामग्रीका स्टल राखिएको छ । 

दोलखामा चालु आर्थिक वर्षमा किवी उत्पादक कम्पनी, फर्म, सहकारी तथा कृषकहरुले ४ सय ५० मेट्रिकटन किवी उत्पादन गरेको किवी जोन दोलखाका कार्यालय प्रमुख मोहनप्रसाद खतिवडाले बताए । हालको बजार मूल्यको आधारमा ३ करोड ५० लाखको किवी बिक्री अनुमान उनले गरे ।  
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.