पशुपति जाने पर्यटकलाई निःशुल्क प्रवेश, रुद्राक्षको मालासहित स्वागत

पशुपति जाने पर्यटकलाई निःशुल्क प्रवेश, रुद्राक्षको मालासहित स्वागत

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० शुरु भएको दिन विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा छिर्ने पहिलो पर्यटकलाई निःशुल्क प्रवेश दिइएको छ। पशुपति क्षेत्र विकास कोषले विदेशी पर्यटकलाई पशुपति क्षेत्र प्रवेश गराउन बनाएका चार काउन्टरमा शुरुमा आउने चार पर्यटकलाई निःशुल्क प्रवेश गराइएको हो। 

 
विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले एकपटक दर्शन गर्नुपर्ने सूचीमा राख्ने पशुपति मन्दिर क्षेत्र अन्य धर्मावलम्बीका मानिसले पनि घुम्ने इच्छा गर्छन्। पशुपति क्षेत्रमा आउने विदेशी पर्यटकलाई पशुपति क्षेत्र विकास कोषले रु एक हजार शुल्क लिँदै आएको छ। भ्रमण वर्षको पहिलो दिन आज प्रवेश गरेका चार पर्यटकलाई शुल्क नलिई रुद्राक्षको माला लगाएर स्वागत गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए। जापान, इटाली, चीनलगायत देशबाट नेपाल आई पशुपति क्षेत्रमा घुम्न आएका पर्यटकलाई स्वागत गरिएको उनले सुनाए। 
 
कोषले पशुपति क्षेत्रको पश्चिम मूलढोका, वत्सलेश्वरी, तिलगङ्गा र गुह्येश्वरी गरी चार वटा काउन्टर विदेशी पर्यटक छिराउन निर्माण गरेको छ। ती काउन्टरबाट आज बेलुकी पाँच बजेसम्म करीब २५० विदेशी पर्यटक प्रवेश गरेका छन्। यसैगरी नेपाल भ्रमणवर्ष सचिवालयले आज दशरथ रङ्गशालामा आयोजना गरेको उद्घाटन कार्यक्रममा भाग लिन पशुपति क्षेत्रबाट कोषका पदाधिकारीसहित कर्मचारी र्‍यालीसहित पुगेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.