प्रदेश ३ को भ्रमण वर्ष सौराहाबाट सुरु
चितवन : प्रदेश ३ सरकारले भ्रमण वर्षको सौराहाबाट सुरुवात गरेको छ। मुलुककै तेस्रो पर्यटकिय गन्तव्यको रुपमा चिनिएको सौराहाबाट प्रदेशको भ्रमण वर्षको स्वागत गरेको हो। बुधवार सौराहामा झाँकीसहित याली गरिएको थियो।
हात्ती चोकबाट सुरु गरेर गैडाचोकमा पुगेर सभा गरिएको कार्यक्रममा प्रदेशका सभामुख सानुबाबु श्रेष्ठ , वन पर्यटनमन्त्री अरुण नेपालले भ्रमण वर्षको लोगो अंकित बेलुन उडाएका थिए। प्रदेशको पहिचान झल्काउने जातजातीको झाँकी प्रस्तुत गरिएको थियो। भ्रमण वर्षकै अवसरमा भरतपुर महानगरपालिकाले भरतपुर विमानस्थलमा आउने पर्यटकलाई स्वागत गरेको थियो। विमानबाट आएका पर्यटकलाई महानगरले स्वागत गरेको थियो।
प्रदेश सरकारले पर्यटन वर्ष २०२० को पहिलो दिन पुस १६ गते चितवनको सौराहा, चितवन विमानस्थल, मकवानपुरको इन्द्रसरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम तय गरेको थियो। प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै एक अर्ब ६५ करोड रुपैयाँ बराबरको बजेट पर्यटन प्रवर्द्धनका लागि पर्यटन आयोजनामार्फत काम गर्न लागिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले बताए।