वैदेशिक रोजगारीका सबै काम अनलाइनबाट

वैदेशिक रोजगारीका सबै काम अनलाइनबाट

काठमाडौं : कामदार छनोटलगायत वैदेशिक रोजगारीमा जान चाहनेले सबै प्रक्रिया अनलाइनबाट पूरा गर्न सक्ने भएका छन्। वैदेशिक रोजगार विभागले जनवरी १ देखि पूर्वस्वीकृति, अन्तिम स्वीकृति, विज्ञापन, कामदार छनोटलगायत सम्पूर्ण प्रक्रिया अनलाइनबाटै सुरु भएको हो।

नयाँ प्रक्रिया सुरु भएसँगै वैदेशिक रोजगार क्षेत्रका सबै काम कम्युटरमार्फत हुने भएको छ। यद्यपि, यसअघि आइसकेका मागपत्रमा पुरानै प्रणालीबाट हुनेछ। विभागले नयाँ प्रक्रिया सुरु गरेसँगै वैदेशिक रोजगार व्यवसायी उत्साहित भएका छन्। नयाँ प्रणालीको झन्झटमुक्त हुने र यसले सबैलाई हित गर्ने व्यवसायी बताउँछन्। विभागले बुधबारदेखि नयाँ मागपत्रको पूर्वस्वीकृति, अन्तिम स्वीकृति अनलाइनबाटै दिन सुरु गरेको छ। तर, यसअघि नै प्रक्रियामा रहेका मागपत्र पुरानै प्रक्रियाबाट अघि बढ्ने भएको छ।

जनवरी १ देखि पूर्वस्वीकृति, अन्तिम स्वीकृति, विज्ञापन, कामदार छनोटलगायत सम्पूर्ण प्रक्रिया अनलाइनबाटै सुरु।

नयाँ व्यवस्थाअनुसार म्यानपावर व्यवसायीले ल्याएको मागपत्र प्रमाणीकरण गरी सम्बन्धित देशका राजदूतावासले वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अपलोड गर्नुपर्छ। एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सफ्टवेयरमा आधारित अनलाइन प्रणाली हो। यसका लागि विभागले दूतावासलाई अपलोड गर्न मिल्ने व्यवस्था गरेको छ। अपलोड गर्नासाथ वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति दिन्छ। यसअघि म्यानपावर व्यवसायीले सक्कली कागजात बोकेर वैदेशिक रोजगार कार्यालय ताहाचल जानुपर्ने वाध्यता थियो। बुधबार मलेसियन दूतावासले अनलाइनमा म्यानपावर व्यवसायीले ल्याएको मागपत्र अपलोड गरिसकेको छ।

विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालका अनुसार यूएई र कतार दूतावासले पनि एक÷दुई दिनदेखि नै प्रणालीमा गर्नेछन्। ‘यो प्रणालीबाट म्यानपावर व्यवसायी सक्कली फाइल बोकेर ताहाचाल कार्यालय जानुपर्ने छैन।’ म्यानपावर व्यवसायी र कर्मचारीबीच प्रत्येक भेटघाट नभएर नै वैदेशिक रोजगारका सम्पूर्ण काम हुनेछ। यसअघि मागपत्रको फाइल बोकेर म्यानपावरका प्रतिनिधि ताहाचल धाउनुपर्ने वाध्यता थियो। ‘यसले कामदार छनोट तथा श्रम स्वीकृतिमा पारदर्शिता ल्याउने छ’, उनले भने। म्यानपावर व्यवसायीले पूर्वस्वीकृति पाइसकेपछि पत्रिकामा विज्ञापन गर्नुपर्छ। अहिले विज्ञापनमा पनि व्यवसायीले जालझेल गर्छन्। अब वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा विज्ञापन पनि अपलोड गर्नुपर्छ।

महानिर्देशक भुसालले वैदेशिक रोजगारीको ठगी रोक्न अन्तर्वार्ताको मिति अन्तर्वार्ता वा छनोट प्रकृयाबाट उत्तीर्ण भएका कामदारको विवरण विभागको वेबसाइटमा राख्नुपर्ने र अन्तिम श्रम स्वीकृति दिँदा अन्तर्वार्ता उत्तीर्ण नगरेको व्यक्तिको श्रम स्वीकृति नआउने व्यवस्था गरिएको बताए। यस्तो प्रक्रियाले कर्मचारीलेसमेत फटाईं गर्न पाउने छैनन्।

व्यवसायीले छनोट भएका कामदार र त्यसको २५ प्रतिशत वैकल्पिक उम्मेदवारको समेत सूची प्रकाशित गर्नुपर्छ। छनोटमा परेका कामदारको सूची हटाउन व्यवसायीले विभागको अनुमति लिनुपर्छ। विभागका अनुसार छनोटमा परेका उम्मेदवारको विस्तृत विवरण सिस्टमा अपलोड हुन्छ। छनोटमा परेका कामदारको मोबाइलमा सम्पूर्ण जानकारी आउने गरी नयाँ प्रणाली अपनाइएको महानिर्देशक भुसालले बताए। एउटा म्यानपावर व्यवसायीले अन्तर्वार्ता लिने र अर्कोले श्रम स्वीकृति निकालिदिने प्रवृति भएकाले अब पूर्णरूपमा रोकिने भुसालले बताए।

व्यवसायीले छनोट प्रक्रियामा समावेश नभएकाको पनि श्रम स्वीकृति निकाल्ने गर्छन्। एउटा व्यवसायीले श्रम छनोट गरी अर्कोले श्रम स्वीकृति निकाल्ने प्रवृत्तिले कामदार ठगिने गरेका छन्। यसले उजुरीमा कारबाही प्रक्रियामा समेत कठिनाइ भइरहेको छ।

विभागले वैदेशिक रोजगार सुधार गर्न वैदेशिक रोजगार सूचना प्रणाली सञ्चालनमा ल्याएको छ। सम्बन्धित देशका राजदूतावासले नै मागपत्र प्रमाणित गर्दा नै उक्त प्रणालीमा अपलोड गर्नुपर्नेछ। महानिर्देशक भुसालले यो प्रक्रियासहजीकरण गर्न दूतावासमा तीनपटकसम्म पत्राचार गर्दा पनि प्रक्रिया सुरु नगरेको बताए। सबै दूतावासले छिट्टै माग प्रमाणीकरण गरी सिष्टममा अपलोड गर्नेछन्।

यस्तो व्यवस्थाले स्मार्टफोन चलाउन सक्ने जो सुकै कामदारले वैदेशिक रोजगारीका लागि पूर्वस्वीकृति लिइएको कम्पनी, काम, तलब सुविधा, ती काममा पठाउने म्यानपावर एजेन्सी, जाँदा लाग्दा लागत खर्चको विवरण घरैबाट पाउन सक्छन्। थोरै विवरण राखेर पनि वैदेशिक रोजगारीका मागपत्रमा कामदारले आवेदन दिन सक्नेछन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कमलदेव भट्टले प्रविधिको प्रयोगले सजिलो हुने बताए। ‘प्रविधिको प्रयोग गर्नु सकारात्मक र सहज हो’, उनले भने,‘पूर्णरूपमा कार्यान्वयन गर्न हामी सघाउँछौं।’ नयाँ सिष्टमका बारेमा संघ र विभागको सहकार्यमा व्यवसायीलाई अभिमुखीकरण गर्ने तयारी भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.