ठूलो दुर्घटनाबाट जोगियो बस, दर्जनौ यात्रु सकुसल

ठूलो दुर्घटनाबाट जोगियो बस, दर्जनौ यात्रु सकुसल

काभ्रे : बिहीबार काभ्रेमा एउटा ठूलो दुर्घटना टरेको छ। रामेछापको गुराँसेबाट काठमाडौं जाँदै गरेको  .. ९८०३ नम्बरको अरनिको यातायातको बस ठूलो दुर्घटनाबाट जोगिएको हो। 

बस काभ्रेको चौरीदेउराली गाउँपालिका-५ झारखर्कमा विस्तार हुँदै गरेको सडकमा दुर्घटनाबाट जोगिएको हो। गाउँपालिका अध्यक्ष दीननाथ गौतमका अनुसार निर्माण हुँदै गरेको सडक भासिएर बस दुर्घटनाको जोखिममा परेको थियो। 

बस दुर्घटनाबाट जोगिएपछि सबै यात्रु झरेका थिए। बस दुर्घटनाबाट जोगिएपछि फसेको बस निकालिएको गाउँपालिका अध्यक्ष गौतमले जानकारी दिए। 

उक्त सडक एडीबीको सहयोगमा विस्तार भइराखेको छ। मानवीय क्षति नहुनु नै ठूलो कुरा भएको अध्यक्ष गौतमले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.