'सत्तापक्षले संसदलाई अनिर्णयको बन्दी बनायो'

'सत्तापक्षले संसदलाई अनिर्णयको बन्दी बनायो'

महेन्द्रनगर : प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले सत्तापक्षका कारण संसद अनिर्णयको बन्दी भएको आरोप लगाएका छन् । बिहिबार महेन्द्रनगरमा पत्रकारसँगको कुराकानीमा नेता बडुले सरकारले सभामुखको टुङ्गो लगाउन नसकेको बताउँदै सरकारकै कारण संसद समेत चल्न नसकेको बताए । 

‘उप–सभामुदले राजीनामा गरेर गत ११ गते बैठक बस्नुपर्ने र नयाँ सभामुख आइहाल्नुपर्ने हो तर त्यसो हुन सकेन’, उनले भने, ‘कुरा मिलेन भने उपसभामुखले राजीनामा गर्दैनन् सत्तापक्षले अर्को पार्टीलाई सभामुख दिन चाहँदैन।’ 
 

उनले बहुमतको सरकार अविश्वासको संकटमा परेको भन्दै संसद पनि अनिर्णयको बन्दी बन्ने खतरा रहेको बताए । उनले सरकारले गैर संवैधानिक कामबाट जनता आजीत भएको बताउँदै प्रधानमन्त्रीले सबै अधिकार आफ्नो हातमा लिन खोजेको आरोप लगाए ।

उनले संविधानमा पूर्ण स्वतन्त्रता भए पनि संविधानको भावना विपरीत विधेयक ल्याएको बताए । ‘प्रधानमन्त्रीले कामभन्दा पनि अधिकार आफ्नो हातमा लिनुभयो’, उनले भने, ‘धेरै अधिकार कुंठित हुने गरी विधेयक आएका छन् सरकार अधिनायकवादतर्फ जाँदैछ ।’ संविधानको भावना विपरीत आएका विधेयक फिर्ता हुनुपर्ने उनले बताए ।

त्यस्तै उनले नेपाली कांग्रेसको महाधिवेशन अहिलेको आवश्वकता भएको बताए । ‘असाधारण अवस्थामा कार्यसमितिको समय विधानतः एक वर्ष थप गर्न पाउने व्यवस्था पनि छ’, उनले भने, ‘तर यो बहुमत र अल्पमतले निर्णय लिनुपर्ने विषय होइन ।’ महाधिवेशन पार्टीको प्राथमिक र साझा एजेण्डा भएको उनले बताए ।

वर्तमान समयमा पार्टीमा देखिएका समस्या चाँडै अन्त्य हुने भन्दै उनले पार्टी नेतृत्वले विधान मिचेर विभागहरुको संख्या बढाएको आरोपसमेत लगाए । उनले भने,‘महाधिवेशन भएको दुई महिनामा पार्टीको संरचनाहरु नबन्नु पार्टीको ठुलो कमजोरी हो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.