अन्नपूर्णकर्मी राई सांस्कृतिक संस्थानको महाप्रबन्धक नियुक्त
काठमाडौं : अन्नपूर्णकर्मी अशोककुमार राई सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त भएका छन्।
अन्नपूर्ण पोस्ट्मा सुरुआती समयदेखि कार्यरत राई ताप्लेजुङ सिदिङ्वा गाउँपालिका- ६ निवासी हुन्। बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त जानकारी दिएका हुन्।
यसैगरी, सरकारले संस्थानको अध्यक्षमा प्रेमनाथ अधिकारीलाई नियुक्त गरेको छ। अध्यक्षमा नियुक्त भएका अधिकारी तेह्रथुमको म्याङलुङ नगरपालिका १० निवासी हुन्। दुवैजनाको कार्यकाल चार वर्षको हुनेछ।