‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ : विजेतालाई टोयोटा कार र १० तोला सुन

‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ :  विजेतालाई टोयोटा कार र १० तोला सुन

काठमाडौं ( अन्नपूर्ण) : ‘मेरो डान्स कप’को चौथो सिजन र ‘मेरो भ्वाइस कप’को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । अमेरिकाको ओहोयास्थित एक्रोनमा जनवरी ४ मा ग्रान्ड ओपनिङ हुने ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’को बारेमा बिहीबार राजधानीमा एक कार्यक्रमबीच जानकारी गराइयो । ‘मेरो डान्स कप’मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’मा गायक प्रमोद खरेल निर्णायक रहनेछन् ।

नृत्य र गायनमा रुचि हुने नवप्रतिभालाई अवसर दिने उद्देश्यले आयोजना गर्न लागिएका यी दुई रियालिटी सोको अमेरिकाका विभिन्न सहरमा अडिसन हुने अभिनेत्री केकी अधिकारीले जानकारी दिइन् । अडिसनबाट छानिएका २० जना नवप्रतिभाले यस रियालिटी सोमा सहभागिता जनाउन पाउने उनको भनाइ छ । ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’का विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्नेछन् ।

त्यस्तै दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहार पाउने आयोजक सदस्यमध्येकी अभिनेत्री रीमा विश्वकर्माले जानकारी दिइन् । ‘इन्टरनेसनल होम केयर’का सञ्चालक डिल्ली अधिकारीको आयोजनामा ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’हुन लागेको हो । नृत्य र गायनमा रुचि हुनेका लागि यो रियालिटी सो ओपन प्लाटफर्म रहेको अभिनेत्री केकी बताउँछिन् ।

‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार साँझ अमेरिका प्रस्थान गर्न लागेकी उनले नयाँ प्रतिभालाई अवसर र कलासंस्कृति जोगाउने हिसाबले यो रियालिटी सो आयोजना हुँदै आएको बताइन् । उनी ‘मेरो डान्स कप’को दोस्रो र तेस्रो सिजनमा पनि निर्णायकको भूमिकामा थिइन् । दुवै रियालिटी सोको ग्रान्ड फिनाले अगस्टमा हुनेछ ।

‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’को उद्घाटन कार्यक्रममा नेपाली फिल्म र सांगीतिक क्षेत्रका चर्चित व्यक्तिको उपस्थिति रहने बताइएको छ । सन्दीप क्षेत्री, बाबु बोगटी, दिलीप रायमाझी, सुशील क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अञ्जु पन्तलगायत ३० भन्दा बढी फिल्म र संगीत क्षेत्रका व्यक्तिकोे उपस्थिति रहने कार्यक्रममा जानकारी गराइयो ।

अभिनेत्री केकी ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार अमेरिका प्रस्थान गर्न लागेको भए पनि गायक प्रमोद खरेल भने केही समयपछि मात्र अमेरिका जानेछन् । गायक खरेलले विदेशी भूमिमा यस खालका कार्यक्रम हुनु एकदमै राम्रो रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.