फेसनमा ‘लेडी बोस’

फेसनमा ‘लेडी बोस’

काठमाडौं : झापाकी सुनिता आचार्यलाई एमपीए पढ्न काठमाडौं आउँदा पढाइपछि कुनै सरकारी कार्यालयमा जागिर खाने लालसा थियो। तर साथीभाइलाई जागिरको क्रममा मन नपरेको ठाउँमा जानु परेको देख्दा उनले जागिरे मानसिकता परिवर्तन गरिन्। अब चुनौती थियो, करिअर कसरी अगाडि बढाउने ?        

सुनिता सानैदेखि लुगाको सोखिन थिइन्। कलेजका दिनमा उनलाई अझ टिपटप भएर हिँड्नुपथ्र्यो। पोसाकले पनि मान्छेको हेर्ने दृष्टिकोणमा फरक पार्छ भन्ने उनलाई राम्रै हेक्का थियो। त्यसैले उनी आफ्नो रुचिलाई नै किन पेसा नबनाउने भन्ने ध्याउन्नमा लागिन्।

पढाइपछि उनले फेबरिक, टेलरिङबारे एक रिसर्चमा सहभागी हुने अवसर पाइन्। त्यही रिसर्चमा यस क्षेत्रमा पनि भविष्य राम्रो देखेकाले आफूजस्तै टिपटप भएर हिँड्न रुचाउने युवालाई लक्षित गर्दै आधुनिक पोसाकको कलेक्सनमा लागिन्। उनको पसलको नाम जुर्‍यो— ‘लेडी बोस’। कुपण्डोलको कानदेवतास्थान चोक क्रस गर्नेबित्तिकै केके मार्टको दोस्रो तलामा छ उनको कलेक्सन।

सहरमा परम्परागत लेहेंगा, चोलीका कलेक्सन त भरमार छ। तर आधुनिक पोसाकको कलेक्सन कम भएकाले उनी यतातिर लागिन्। सुनिता भन्छिन्, ‘सुरुमा महिलाका कलेक्सनमा मात्र केन्द्रित भएँ। तर महिलाजस्तै पुरुषहरू पनि फेसनेबल हुँदै गएकाले पुरुष कलेक्सन पनि थप्दै गएँ।’

‘लेडी बोस’ले बिस्तारै आफ्नो ब्रान्ड बनाउन थालेको छ। फिलिपिन्समा भएको मिस एसिया प्यासिफिक २०१९ मा सहभागी प्रतिष्ठा साखदेखि भ्वाइस अफ नेपाल २०१९ अन्तर्गत ब्लाइन्ड अडिसनमा आस्था राउतले ‘लेडी बोस’को प्रोडक्ट लगाएका थिए।

इन्स्टाग्राममा नमुना हेरेर धेरैले लेडी बोसको प्रोडक्ट खोज्दै आउने गरेका छन्। अब बिहे पार्टीमा पनि परम्परागत पोसाक नभई आधुनिक पोसाकले ठाउँ लिँदै गएको छ। त्यसैले सुनिताको विस्तारै अरू ठाउँमा पनि यसको शाखा विस्तार गर्दै जाने योजना छ।

आफूलाई मन पर्ने डिजाइन छनोट गरेर ग्राहकले ‘लेडी बोस’मा अर्डर गर्न सक्छन्। पुरुषको सर्ट, पेन्ट, महिलाको स्कर्ट, पेन्ट, दुवैका छोटा र लामो कोट यहाँबाट बढी जाने गरेको छ। यसको अनलाइन डेलिभरी पनि छ। ‘लेडी बोस’ले बैंक, कम्पनीहरूको ड्रेस बनाउनमा पनि अर्डर पाउन थालेको छ। हालै मात्रै पीएलओ कम्पनी, विराटनगरका कर्मचारीहरूको ड्रेस यसले बनाएको छ।

‘लेडी बोस’ले अब पोसाक कलेक्सन मात्रै होइन, घरबाट बाहिर निस्किँदा चिरिच्याट्ट भएर हिँड्न चाहिने एउटा कम्प्लिट सेट राख्दै छ। यसमा पफ्र्युम, घडीदेखि ब्यागसमेत छन्। सुनिता भन्छिन्, ‘हाम्रा उत्पादन सर्वसाधारणदेखि मध्यमवर्ग लक्षित छन्। जोकोहीले प्रयोग गर्न सक्छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.