धरौटीमा रिहालगत्तै विप्लवका जिल्ला सेक्रेटरीद्वारा पार्टी परित्याग
धादिङ : प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी बुद्ध गुरुङ साढे छ लाख धरौटी रकम बुझाएर रिहालगत्तै पार्टी परित्याग गरेका छन्। रिहा भए लगत्तै शुक्रबार पत्रकार सम्मेलन गरि गुरुङले आफू अब पार्टीमा नरहेको घोषणा गरेका छन्। उनले पार्टीले दिएको सबै जिम्मेवारी छाडेर आफू स्वतन्त्र जीवनयापन गर्ने बताए।
गुरुङ गत भाद्र ३० गते धादिङ-काठमाडौं सीमा नाका नागढुङ्गाबाट प्रकाउ परेका थिए। ३ महिना १८ दिन थुनामा बसेका गुरुङ जिल्ला अदालतमा साढे छ लाख धरौटी बुझाएर रिहा भएका हुन्।
गुरुङले एउटा विचार बोकेर आफू विप्लव पार्टीमा आवद्ध भएर राजनीतिमा कृयाशिल हुँदा गरिएका क्रियाकलापले कोहि कसैलाई असर पुगेको भए क्षमा दिन अनुरोध गरे।
गुरुङलाई प्रहरीले विप्लव समूहले गरेको आगजनी, तोडफोड र बम आतङ्कका १ दर्जन भन्दा बढी घटनामा मुख्य अभियुक्त बनाएर पक्राउ गरेको थियो।