सशस्त्रले थाल्यो सीमामा कडाइ

सशस्त्रले थाल्यो सीमामा कडाइ

भैरहवा : सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीको सीमा नाकामा कडाइ गरेको छ। सशस्त्र प्रहरीका एसपी तेजप्रसाद पोख्रेलले आफ्नो मातहातका युनिटलाई चेकजाँच तथा चोरी पैठारी नियन्त्रण गर्न निर्देशन दिएसँगै सीमामा कडाइ थालिएको हो।

सीमामा कडाइ थालिएसँगै प्रहरीले अवैधरुपमा भित्र्याउँदै गरेका विभिन्न सामग्रीहरु बरामद गर्न थालेको छ। यसै क्रममा प्रहरीले भारतबाट अवैधरुपमा भित्र्याइएका हार्डवयरका सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीका प्रहरी निरीक्षक तुल्सीराम पाण्डेको टोलीले लु १ च ७१६८ नम्बरको पिकअप गाडीमा अवैध रुपमा ल्याउँदै गरेको ९ लाख २४ हजार मूल्य बराबरको हार्डवयरका साम्रगी बरामद गरेको हो।

साथै गाडी चालक भैरहवा अंचलपुरका २२ वर्षीय भोला निसादलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको एसपी पोख्रेलले बताए ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेडक्वाटर (राभसु)ले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको मोबिल बरामद गरेको छ । प्रहरी निरीक्षक दयाराम पौडेलको कमाण्डमा खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका डण्डा क्षेत्रमा चेकजाँच गर्दा भन्सार छलेर ल्याउँदै गरेको एक लाख मूल्य बराबरको २ सय लिटर मोबिल बरामद भएको सशस्त्र प्रहरी ३८ नम्बर गुल्मका प्रमुख एवं डीएसपी मानबहादुर शाहीले बताए ।

यस्तै, डीएसपी शाहीको कमाण्डमा खटिएको टोलीले भन्सार छलेर भित्राउँदै गरेको बेलहिया क्षेत्रबाट एक लाख ५ हजार मूल्य बराबरको दश थान मोबाइल समेत बरामद गरेको छ।

डीएसपी शाहीले गुल्मको कमाण्ड सम्हालेको २ महिनामै भन्सार छली भित्र्याइएका १ करोड ५४ लाख ६० हजार रुपैयाँ बराबरका विभिन्न साम्रगी बरामद गरेर भैरहवा भन्सारमा बुझाएको जानकारी दिए।

प्रहरीले बरामद गरेका सामग्री।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.