मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने भारतीय नागरिक विमास्थलबाट पक्राउ
काठमाडौं : मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने दुईजना त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ परेका छन्।
विमास्थल प्रमुख भन्सार अधिकृत राजकुमार अधिकारीका अनुसार पाँच सय ग्राम सुन र एक सय ग्राम हिरासहित दुई भारतीय नागरिक पक्राउ परेका हुन्।
सथालीले दुई सयग्राम हिरा पेटमा राखेको र नौशदले पाँच सय ग्राम सुन मलद्वारमा राखेको पाइएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा लगेर निकालिएको हो।
अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा नेतृत्वको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको थापाले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।