लोकतन्त्रको आवरणमा लुटतन्त्र : कमल थापा

लोकतन्त्रको आवरणमा लुटतन्त्र : कमल थापा

महेन्द्रनगर : राष्ट्रिय प्रजातन्त्रक पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम रहेको बताएका छन्। मिडिया नेपाल कञ्चनपुरले आइतबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले व्यापक भ्रष्टाचार भएको बताउँदै एनसेल कर छली, वाईडबडी काण्ड, सु्न तस्कर र सार्वजनिक जग्गा कब्जा गर्ने काण्डले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहित गरेको बताए।

प्रमुख राजनैतिक दलका प्रमुख नेता ठुला व्यापारी र केही कर्मचारीको त्रिकोणत्मक गठबन्धनले भ्रष्टाचारका काण्ड भइरहेको बताए।‘अर्बौं भ्रष्टाचारका काण्डमा सत्तारुढदलका नेताका साथसाथै प्रमुख प्रतिपक्षीको पनि संलग्नता रहेको देखिन्छ जसको कारणले अपराधीले उन्मुक्ति पाइरहेको छ’, थापाले भने।

त्यस्तै उनले पहाडदेखि तराईसम्म धर्म परिवर्तनको लहर देखिन थालेको बताए। संगठित र योजनाबद्ध तरिकाले भइरहेको धर्म परिवर्तनले सामाजिक सदभाव खलबलिँदै गएको बताए। 

उनले देशमा बेरोजगारी मौलाउँदै गएको जिकिर गरे। ‘युवा जनसंख्याको ५० प्रतिशत विदेश पलायन हुन बाध्य छन्’, थापाले भने,‘क्रियाशील युवा विदेश पठाएर समृद्ध नेपाल सुखी नेपालको नारा पुरा हुँदैन।’

वर्तमान सरकारले संवैधानिक र कुटनैतिक निकायलाई कब्जा गरेर आफूअनुकुल कानुन संशोधन भइरहेको बताउँदै उनले कानुन र संविधानलाई दुरुपयोग गर्दै देशलाई सर्वसत्तावादतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाए। 

‘नेपालमा लोकतन्त्र फेरि धरापमा पर्न सक्ने खतरा छ’, उनले भने, ‘भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्ने र राज्य संयन्त्रलाई कब्जा गरेर शक्ति हातमा ल्याउने प्रयास भइरहेको छ।’ 

उनले प्रकाशचन्द्र लोहनी र पशुपती शमशेर जबराले नेतृत्व गरेको राप्रपासँग चाढै एकीकरण हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.