राष्ट्रियसभा निर्वाचन : गण्डकीमा नारायणकाजी र भगवतीको जित पक्का

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा नारायणकाजी र भगवतीको जित पक्का

पोखरा : राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट ५ जनाको उम्मेदवारी परेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले उम्मेदवारी दिए। 

कांग्रेसबाट सूर्यप्रसाद रेग्मी र विमला गौचनको उम्मेदवारी परेको छ। राष्ट्रिय जनमोर्चाबाट शंकर बरालले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगको कार्यालय कास्कीमा उनीहरु सबैले आइतबार उम्मेदवारी दर्ता गराएका हुन्। 

नारायणकाजीको उम्मेदवारीमा प्रदेशसभा सदस्य एवं भौतिक पूर्वाधार विकासमन्त्री प्रस्तावक र प्रदेश सभा सदस्य दिलमाया रोकामगर गौतम समर्थक छन्। भगवती न्यौपानेको उम्मेदवारीमा प्रदेशसभा सदस्य तथा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ प्रस्तावक र पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ समर्थक छिन्। 

कांग्रेस उम्मेदवार सूर्यप्रसाद रेग्मीको उम्मेदवारीमा प्रदेशसभा सदस्य भगवतप्रकाश मल्ल प्रस्तावक र भीरकोट नगरपालिकाका मेयर छायाराम खनाल समर्थक छन्। विमला गौचनको उम्मेदवारीमा सीमा गर्जुबा पुन प्रस्तावक र सीमा कर्माचार्य समर्थक छिन्। राष्ट्रिय जनमोर्चाका शंकर बरालको प्रस्तावक प्रदेश सभा सदस्य कृष्ण थापा र समर्थक पियारी थापा छिन्। 

राष्ट्रिय सभामा २० जनाको सदस्य रिक्त हुन लागेको हुँदा माघ ९ गते निर्वाचन हुँदैछ। गण्डकी प्रदेशबाट निर्वाचित कांग्रेसका सुरेन्द्र पाण्डे र विन्दादेवी आलेमगरको पदावधि सकिँदैछ। एकलसंक्रमणीय आधारमा भएको निर्वाचनमा उनीहरु पनि विजयी भएर राष्ट्रियसभामा गएका थिए। बहुमतीय आधारमा हुने अबको निर्वाचनबाट भने सत्तारुढ नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी हुने देखिन्छ। 

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उमप्रमुख मतदाता हुन्छन्। गण्डकीमा प्रदेशसभा सदस्य ६० जना छन्। तीमध्ये सत्तारुढ नेकपाका ४० जना छन्। स्थानीय तहका प्रमुख र उप्रमुख १७० जना छन्। तीमध्ये ८४ जना प्रमुख उपप्रमुख नेकपाका छन्। कांग्रेसका ८१, राजमोका ३ र राप्रपाका २ जना छन्। प्रदेश सभामा समाजवादी पार्टीका २ सदस्य छन्। 

यो चुनावमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिका मतभार ३० मानिन्छ। त्यस हिसाबले १ हजारभन्दा बढी मतभार नेकपाको पक्षमा छ। तसर्थ नारायणकाजी र भगवतीले चुनाव सहजै जित्नेछन्। 

नारायणकाजी श्रेष्ठले गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नयाँ शक्तिका बाबुराम भट्टराईसँग पराजय बेहोरेका थिए भने भगवती न्यौपानले तनहुँको भानु नगरपालिकामा कांग्रेसका उदय गौलीसँग मेयरमा हार बेहोरेकी थिइन्।

 राष्ट्रिय सभा सदस्यका लागि मतदाता र तिनको मतभार 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.