राष्ट्रियसभा निर्वाचन : कर्णालीमा चार उम्मेदवार

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा चार उम्मेदवार

सुर्खेतः राष्ट्रिय सभाको सदस्यका लागि कर्णालीमा चार जनाको उम्मेदवारी दर्ता भएको छ। दुईजना सदस्य लागि चार जनाको उम्मेदवारी दर्ता भएको हो। सत्तारुढ नेकपाको तर्फबाट दुई र नेपाली काँग्रेसका दुईजना गरी चार जनाले आइतवार उम्मेदवारी दर्ता गराएका छन्।

 
कर्णालीमा महिला र अन्य सदस्य गरी दुई सिटमा निर्वाचन हुँदैछ। यसका लागि नेकपाबाट जाजरकोटका मायाप्रसाद शर्मा र सुर्खेतका सुवित्रा बिसीले उम्मेदवारी दर्ता गराए।

शर्मा तत्कालीन माओवादी र बिसी तत्कालीन एमालेमा सक्रिय थिए। यस्तै नेपाली कांग्रेसबाट सुर्खेतका डिल्लाराम पाठक र सुर्खेतकै गणेशकुमारी बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपाका उम्मेदवार शर्माको प्रस्तावकमा प्रदेश सांसद करवीर शाही र समर्थकमा प्रदेश सांसद ठम्मरबहादुर विष्ट छन्। त्यस्तै बिसीको प्रस्तावकमा प्रदेश सांसद देवी वली र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल समर्थक रहेका छन्। 

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार पाठकको प्रस्तावकमा प्रदेश सांसद यज्ञबहादुर बिसी र सुर्खेतको गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुन समर्थक छन्। बस्नेतको प्रस्तावकमा भने सुर्खेतको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापा र समर्थकमा बराहताल उपाध्यक्ष शोभाकुमारी शर्मा समर्थक रहेका छन्।

राष्ट्रिय सभाको निर्वाचनका लागि कर्णालीमा एक सय ९८ जना मतदाता रहेका छन्। प्रदेशका ७९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक सय ५८ र ४० जना प्रदेशका सांसदले मतदान गर्नेछन्। स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी ४० जना र ६ जना प्रदेश सभा सदस्य गरी काँगेसका जम्मा ४६ जना मात्र मतदाता रहेका छन्। त्यस्तै नेकपाका भने स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी एक सय १० तथा ३३ जना प्रदेश सभा सदस्य गरी कुल एक सय ४३ जना मतदाता छन्। 

अंक गणितको आधारमा नेकपाका उम्मेदवारको पल्ला भारी छ। कर्णालीमा स्थानीय तहको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र प्रदेश सभामा एक गरी तीन जना मतदाता छन्। त्यसैगरी कर्णालीमा ६ जना स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट विजयी भएका मतदाता छन्। कर्णालीबाट जाजरकोटका कालिबहादुर मल्ल र हुम्लाका यूटोन तामाङको दुईवर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो। 

पौडेलले नमान्दा बस्नेतको ‘इन्ट्री’
काँग्रेसले कर्णालीमा सुर्खेत निवासी सावित्री पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर पौडेलले केन्द्रको निर्णय नमान्ने भन्दै उम्मेदवारी दर्ता गर्न अस्विकार गरिन्। पौडेलले अन्तिम समयसम्म पनि नमानेपछि उनको स्थानमा सुर्खेतकै गणेशकुमारी बस्नेतको इन्ट्री भएको हो।

आफ्नो इच्छा विपरित केन्द्रले जबर्जस्ती उम्मेदवार बनाएको भन्दै पौडेलले उम्मेदवारी दर्ता गर्न नमानेकी हुन्। उनले उम्मेदवारी नदिएपछि काँगेसले अन्तिम समयमा आएर सुर्खेतकै बस्नेतको उम्मेदवारी दर्ता गराएको हो। ‘पार्टीले मलाई उम्मेदवार बन्न प्रस्ताव गरेको थियो, तर मैले हुन्न भनेकी थिएँ’ पौडेलले भनिन्, ‘नेपालमा आदर्शको राजनीति नै छैन, म राष्ट्रिय सभाका लागि आवश्यक छैन।’ 

पौडेल सुर्खेतमा काँगे्रसको राजनीतिमा लामो समयदेखी सक्रिय थिइन्। कर्णालीमा काँगैसले हार्ने निश्चित हुँदाहुँदै पनि पार्टीले जबर्जस्ती उम्मेदवार बनाएकाले पौडेलले उम्मेदवार बन्न नमानेको उनी निकट स्रोतले जनाएको छ। जीवनभर निष्ठाको राजनीति गर्नेलाई पार्टीले न्याय गर्न नसकेको भन्दै पौडेलले उम्मेदवार बन्न अस्विकार गरेको बताइन्।

उम्मेदवारी दर्ता गर्न जानेक्रममा कर्णालीमा नेकपा उम्मेदवार।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.