पनौती चिनाउन फोटो प्रदर्शनी

पनौती चिनाउन फोटो प्रदर्शनी

काभ्रे : नेपाल भ्रमण वर्ष २०२० सुरु भएसँगै पनौती नगरपालिका मुख्य बजार इन्द्रेश्वार मन्दिरमा फोटो प्रर्दशनीमा राखेको छ । नगरपालिकाको सबै वडामा रहेका घुम्नैपर्ने स्थानहरु र विभिन्न सांस्कृतिक सम्पदा भएको स्थानको फोटो प्रर्दशनीमा राखेका छन्। प्रर्दशनी एक महिनासम्म चल्ने छ।
 
पनौती नगरपालिका र पनौती पर्यटन विकास केन्द्रबाट जनवरी १ देखि एक महिनासम्म उक्त स्थानमा फोटो प्रर्दशनीमा राखेको हो । यो वर्ष धेरैभन्दा धेरै पर्यटकलाई पनौतीसम्म ल्याउनका लागि नगरपालिकाले सरोकारवालासँग मिलेर विभिन्न कार्यक्रम अघि सारेको छ । 

एक महिनासम्मका लागि पनौतीको विभिन्न सम्पदादेखि लिएर पर्यटकीय क्षेत्र समेटिएको सबै वडाको फोटो प्रर्दशनीमा राखिएको छ । ऐतिहासिक पनौती नगरपालिक विश्‍व सम्पदाको सुचिकृत हुने क्रममा रहेको अवस्थामा नगरपालिकाको सबै क्षेत्रको विकासँगै पर्यटन भित्राउनका लागि विभिन्न कार्यहरु भइरहेको नगरपालिकाले जनाएको छ।

पर्यटन वर्ष नेपाल सरकारले घोषणा गरिएअनुसार सफलसँगै पनौतीमा धेरैभन्दा धेरै पर्यटन ल्याउनका लागि हामीले विभिन्न कार्य गरिरहेको मेयर भिम न्यौपानेले बताए । पनौतीको विकास पनौतीको समृद्धिका लागि ऐतिहासिक धार्मिक पर्यटक र कृषि पर्यटक ल्याउन समेत सम्भाव रहेको मेयर न्यौपानेले बताए । 

पनौती नगपालिका भित्रका घुम्नै पर्ने बस्ती समेटिएर फोटो राखिएको नगरको पर्यटकिय सम्भावना भएको स्थानहरुको बारेमा सबैसामु जानकारी दिनका लागि हामीले जानकारी फोटोमार्फत सन्देश दिन खोजिएको वडा अध्यक्ष एवं पनौती नगरपालिका पर्यटन समिति संयोजक पुरुषोतम अधिकारीले जानकारी दिए । 

जनवरी एक देखि एक महिना सम्मको लागि राखिएको फोटो प्रर्दशनीमा फोटो हेर्न आउने दिन दिनै बढिरहेको पनौती नगरपालिका वडा नं ७ का वडा सदस्य एंव पनौती पर्यटन विकस केन्द्रका उपाध्यक्ष पुरोषतम कर्मचार्यले बताए । ऐतिहासिक नगर पनौतीको पहिचार र  पनौतीको सबै क्षेत्रहरुमा समेटिएको सम्पदाहरुको फोटोमार्फत जानाकारी दिनको लागि प्रर्दशनीमा राखिएको कर्मचार्यले जानकारी दिए ।

पनौतीको सबै वडाहरुको २ सय भन्दा धेरै फोटो प्रर्दशनीमा राखिएका पर्यटन विकास केन्द्रका उपाध्यक्ष कर्मचार्यले बताए । उक्त एक महिना सम्म चल्ले फोटो प्रर्दशनीमा पनौतीकै फोटो ग्राफर प्रशान्त श्रेष्ठ लगायत अन्य फोटोग्राफरहरुको फोटो प्रर्दशनीमा राखेकाछन् । पनौती चिनाउनको लागि राखिएको फोटो प्रदर्शनीमा ६ दिनमै १५ सय भन्दा धेरैले अवलोकन गरिसकेको पर्यटन बिकास केन्द्रका संयोजक राजेन्द्र महाजुले जानाकरी दिए । आन्तरिक र बिदेशी पर्यटकहरुले चासोपुर्वक फोटो अवलोकन गर्नेगरेको महाजुले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.