दुर्घटना हुन नदिन सवारी चालकलाई प्रशिक्षण
दैलेख : दुर्घटनाका कारण सर्वसाधरणले अकालमै ज्यान गुमाउन थालेपछि ट्राफिक प्रहरीले सवारी चालकलाई प्रशिक्षण दिन थालेको छ । ट्राफिक प्रहरी कार्यालय दैलेखले सवारी दुर्घटना नियन्त्रण र सर्वसाधरणको ज्यूधनको सुरक्षा गर्न चालकलाई ट्राफिक जनचेतनामुलक प्रशिक्षण दिने अभियान सुरु गरेको हो।
चालकलाई जिम्मेवार बनाई सवारी दुर्घटना न्यूनिकरणका लागि प्रशिक्षण अभियान थालिएको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले बताए । जिल्ला प्रहरी कार्यालय दैलेखमा सुरु भएको प्रशिक्षणमा माइक्रोबस (हाइस), बस, अटोरिक्सा चालक र यातायात व्यवसायीहरु सहभागी छन्।
दैलेखबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधनका चालकलाई प्रशिक्षण दिन थालिएको हो,' प्रहरी नायब उपरिक्षक ओलीले अन्नपूर्णसँग भने । क्षमताभन्दा बढी यात्रु नचढाउने, लापरवाही तरिकाले सवारी नचलाउने उपायका बारेमा सवारी चालकलाई प्रशिक्षण गराइने उनले बताए।