दार्चुलामा चार महिनामा १७ करोड ७२ लाख राजश्व
दार्चुला : दार्चुलामा चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा १७ करोड ७२ लाख ७१ हजार ४ सय ८८ रुपैयाँ राजश्व संकलन भएको छ । कोष नियन्त्रक भूपालसिंह कार्कीका अनुसार स्थानीय तहबाट गतवर्षको अनुदान फिर्ता र निकासा फिर्ताको रकम धेरै भएकोले नेपाल सरकारको खातामा बढी राजश्व दाखिला भएको हो ।
चार महिनाको अवधिमा बेरुजु दाखिला ७७ लाख १६ हजार २ सय ४३ रुपैयाँ, पारिश्रमिक कर ४९ लाख १ हजार २ सय १३ रुपैयाँ र पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर ५५ लाख ५२ हजार ८ सय ६८ रुपैयाँ राजश्व खातामा जम्मा भएको छ । कोलेनिका दार्चुलाका अनुसार वन रोयल्टी ६८ लाख ११ हजार ५५ रुपैयाँ, मूल्य अभिवृद्धि कर २१ लाख ७२ हजार २ सय ९ रुपैयाँ र मदिराको अन्तशुल्क २३ लाख ६३ हजार ८ सय २५ रुपैयाँ राजश्व संकलन भएको छ ।
मुनाफामा लाग्ने कर ७ लाख २२ हजार ७६ रुपैयाँ, व्याजमा लाग्ने कर ५ लाख १५ हजार २ सय ७३, राहदानी शुल्क ४ लाख ९५ हजार १ सय र सवारीसाधन कर ४ लाख ३८ हजार ५ सय रुपैयाँ सरकारलाई राजश्व प्राप्त भएको छ । अन्य राजश्व ४ लाख ७७ हजार ७ सय १६ रुपैयाँ, पूँजीगत लाभकर ३ लाख ६२ हजार २ सय रुपैयाँ, न्यायिक दस्तुर ३ लाख १७ हजार ९ सय ६८ रुपैयाँ र हुलाक सेवा शुल्क १ लाख ६१ हजार १ सय २४ रुपैयाँ राजश्व संकलन भएको छ ।
भएको सुचना अधिकारी इन्द्र सिह धामीले बताए ।
साउनदेखि असोजसम्मको ३ महिनामा १६ करोड ५१ लाख ६४ हजार ९ सय ६४ रुपैयाँ राजश्व संकलन भएको सुचना अधिकारी इन्द्र सिंह धामीले बताए ।