श्रीमती हत्या आशंकामा श्रीमान् पक्राउ

श्रीमती हत्या आशंकामा श्रीमान् पक्राउ

प्यूठान : मल्लरानी गाउँपालिका ३ प्यूठान निवासी लोकादेवी गिरी १२ दिन अघिदेखि सम्पर्कविहीन भइन् । आइतबार गाउँमा समूहको बैठक बस्नुपर्ने थियो। समूहबाट उनले ऋण लिएकी थिइन् । बैठकमा उनी किन आइनन् भनेर सबैले जिज्ञासा राखे । गिरीलाई सम्पर्क गर्न खोजियो तर सम्पर्क हुन सकेन् । समूहका पदाधिकारी उनकै घरमा पुगेर सोधखोज गरे । तर उनी त्यहाँ भेटिनन् । 

उनका श्रीमान् खोडस गिरीलाई सोधखोज गर्दा श्रीमती यतै घरमा भएको जवाफ दिए । जति खोजेपनि उनलाई नभेटेपछि गाउँभरी हल्ला भयो । स्थानीयले जनप्रतिनिधिलाई खबर गरे । जसोगरे पनि उनलाई भेटाउन नसकेपछि गाउँले चिन्तित बने । सोमबार बिहान गाउँमा स्थानीय कटुवालमार्फत 'हाक' हालेर उनलाई खोज्न सबैलाई खबर पुर्‍याइयो । गाउँका झण्डै तीन सयजना उनको खोजीमा जुटे । 

खोज्दै जाँदा स्थानीय डट्टाकुरा खर्‍यानमा गाडेर दुईवटा खरको मुठाले ढाकेको अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले घटनास्थल पुगेर हेर्दा गिरीलाई खाल्डो खनेर अनुहारै नदेखिने गरी गाडेको अवस्थामा पायो। 'मुन्तीरा कान्छीलाई गाडेको जस्तो देखेपछि प्रहरीलाई खबर गर्‍यौँ, स्थानीय समाजेवी माधव पौडेलले भने, 'प्रहरी आएपछि गाडेको शव निकालियो ।' उनले उक्त घटनाले स्तव्ध बनाएको सुनाए । 

गिरीको हत्या आशंकमा ६६ वर्षीय श्रीमान खोडस गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सोमबार नै मृतकका श्रीमानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

मृतकको शव पोष्टमार्टवका लागि जिल्ला अस्पताल विजुवारको शवगृहमा राखिएको छ । मृतकका तीन छोरा र दुई छोरी छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.