दैलेखमा ६३ छाउगोठ भत्काइए

दैलेखमा ६३ छाउगोठ भत्काइए

दैलेख : छाउपडी प्रथा उन्मुलनका लागि छाउगोठ भत्काउने अभियान अन्तरगत जिल्लामा ६३ वटा छाउगोठ भत्काइएको छ। चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिका तथा भैरबी र गुराँस गाउँपालिकामा गरी ६३ वटा छाउगोठ भत्काइएको प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले जानकारी दिए। 

जिल्लामा सामाजिक कुसंस्कारको रूपमा व्याप्त छाउपडी प्रथा उन्मुलनका लागि स्थानीय प्रशासनले कडाइका साथ काम सुरु गरेको उनले  बताए। धर्म, संस्कृति र परम्पराको नाममा कुसंस्कार उन्मुलन गर्न कडाई गरिएको उनको भनाइ छ।  

पहिलो चरणमा ११ वटै स्थानीय तहमा छाउपडी उन्मुलन सम्बन्धी अन्तरक्रिया र छलफल गरिएको थियो। सोमबारदेखि जिल्लाभर छाउगोठ भत्काउने अभियान थालिएको छ। छाउगोठ भत्काउन सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीसहितको प्रहरी टोली गाउँमा खटिएको छ।

छाउगोठ भत्काउन स्थानीय तहका जनप्रतिनीधि पनि सक्रिय छन्। जिल्लाका अधिकांश बस्तीहरुमा महिनावारी हुँदा बस्न छुट्टै छाउगोठ छैन। उनीहरू गाई-भैसीसँगै गोठमा बस्ने गर्छन्।  महिनावारी हुँदा गाईभैसी बाँधेकै ठाउँमा बस्ने महिलाको संख्या अत्याधिक छ। 

यस विषयमा प्रहरीले सचेतना फैलाएको डिएसपी ओलीले बताए। ‘महिलाहरू गाईभैँसीकै गोठमा बस्ने गरेको जानकारीमा आएको छ,’ डिएसपी ओलीले भने, ‘गोठमा बसेको भेटिएमा फौजदारी अपराध संहिता अन्तरगत मुद्धा चलाउँछौँ।’ जसको घरमा छाउप्रथा प्रचलनमा रहेको पाइन्छ त्यस्तो घरको अभिभावक र छाउगोठ बस्ने महिलालाई समेत कानुनी कारवाहीको दायरामा ल्याउने डिएसपी ओलीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.