न्यूयोर्कमा ट्रकको ठक्‍करबाट नेपाली बालकको मृत्यु

न्यूयोर्कमा ट्रकको ठक्‍करबाट नेपाली बालकको मृत्यु

अमेरिका :  न्यूयोर्कमा मंगलबार बिहान सडक दुर्घटनामा घाइते भएका १० वर्षीय बालक श्रीजल पन्थीको उपचारका क्रममा मृत्यु भएको छ । पन्थी मंगलबार बिहान करिब ७ बजे विद्यालय जाने क्रममा फोहोर बोक्ने ट्रकको ठक्‍करबाट गम्भीर घाइते भएका थिए ।

छोरालाई विद्यालय पुर्‍याउन गएकी उनकी आमा मिना पन्थी घाइते भएकी छन्। उनको खुट्टामा गहिरो चोट लागेको बताइएको छ । घाइतेलाई तत्कालै नजिकैको अस्पताल पुर्‍याइएको थियो । स्थानीय प्रहरीका अनुसार, बाटो काट्ने क्रममा आमाछोरालाई उनीहरु बस्ने भवन अघिल्तिरकै बाटो कुइन्स कोरोनास्थित ५७ एभिन्यू र ९७ स्ट्रिटको बीचमा ट्रकले ठक्‍कर दिएको थियो। ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय समाजसेवी पुरुषोत्तम पन्थीकी श्रीमती मिनाको स्थानीइ एल्मष्ट अस्पतालमा उपचार भइरहेको छ ।उनको खुट्टाको शल्यक्रिया गरिएको र अवस्था सुधारोन्मुख रहेको पारिवारिक श्रोतले जनाएको छ।

नेपालमा बुटवल घर भएका पन्थी परिवार न्यूयोर्कको कुइन्सस्थित लेफ्राकसिटी भवनमा बस्दै आएका छन् । दुर्घटना पछि न्यूयोर्क सिटीका मेयर बिल डे ब्लाजिओ तथा न्यूयोर्क सिटी काउन्सिल स्पिकर कोरी जोन्सनले दुर्घटनामा दु:ख व्यक्त गर्दै घटनाको छानविन भइरहेको जनाएका छन् ।

स्थानीय संघ संस्थाले दुर्घटनामा ज्यान गुमाएका बालक श्रीजलप्रति चीर शान्तिको कामना गर्दै परिवारमा समवेदना प्रकट गरेका छन्।
 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.